बिहीबार, माघ १५, २०८२

सन्दीप लामिछानेको सुनुवाइ हेर्न नभ्याइनेमा

मेरोन्यूज २०७९ पुष १४ गते १५:१४

काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेले दिएको निवेदनमाथिको सुनुवाइ रोकिएको छ । पूर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालतको आदेश बदरको माग गर्दै उनले निवेदन दिएका थिए ।

लामिछानेको निवेदन उच्च अदालत, पाटनका न्यायाधीशद्वय सुभाष पौडेल र किरणकुमार पोखरेलको इजलासमा परेको थियो । तर, आज हेर्न नभ्याइनेमा परेको हो ।

नाबालिकलाई बलात्कार गरेको आरोपमा राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान लामिछानेलाई काठमाडौँ जिल्ला अदालतले पूर्पक्षमा पठाएको थियो ।

प्रतिक्रिया