शनिबार, चैत ७, २०८२

सेञ्चुरी बैंकको साधारण सभा सम्पन्न, बोनश बाँड्ने प्रस्ताव पारित

मेरोन्यूज २०७९ पुष १४ गते १६:०४

काठमाडौँ । सेञ्चुरी कमर्सियल बैंकको १२ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा बैंकको अध्यक्ष राजेश कुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको हो ।

Advertisement
nepal life insurencenepal life insurence

साधारण सभाले शेयर धनीहरुलाई आर्थिक वर्ष ०७८÷७९ को मुनाफाबाट चुक्ता पुँजी रकम नौ अर्ब ५५ करोड ३९ लाख रुपैयाँको ४.७५ प्रतिशत बोनश शेयर र ०.२५ प्रतिशत नगद लाभांश (कर प्रयोजनको लागि) वितरण गर्ने प्रस्ताव पारित गरेको छ । सभाले लेखा परीक्षकको प्रतिवेदनसहित आर्थिक वर्ष ०७८–७९ को वित्तीय अवस्थाको विवरण, नाफा नोक्सान विवरण, नगद प्रवाह विवरण तथा सो सम्बन्धी अनुसूचि पारित गरेको छ ।

साधारण सभाले सेञ्चुरी कमर्सियल बैंकलाई प्रभु बैंक लिमिटेडले प्राप्ति गर्ने सम्बन्धी विशेष प्रस्तावसमेत पारित गरेको छ । चालु आवको असोज मसान्तसम्म बैंकले कूल निक्षेप ९७.२९ अर्ब र कर्जा रकम ८७.४५ अर्ब रुपैयाँ परिचालन गरी ३१.८५ करोड खुद मुनाफा आर्जन गर्न सफल भएको छ ।

प्रतिक्रिया