बिहीबार, माघ १५, २०८२

काम नसक्दै भुक्तानी दिने पूर्व प्रशासकीय अधिकृतविरुद्ध मुद्दा दायर

मेरोन्यूज २०७९ पुष १४ गते १६:०८

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीको कविलासी नगरपालिका ८ स्थित निर्माणधीन रामजानकी मन्दिरको गलत बिल बनाइ रकम हिनामिना गरेको आरोपमा मुद्दा दायर गरेको छ ।

नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत श्याम किशोर राय, इञ्जिनियर रामविनयप्रसाद यादव र सब इञ्जिनियर उमेशकुमार दासविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको छ । 

उनीहरूविरूद्ध परेको उजुरी अनुसन्धान गर्दा रामजानकी मन्दिर निर्माणमा फिल्डमा कम काम भएकोमा बढी काम भएको भनी नापी किताबमा मूल्याङ्ककन गरी चढाएको तथा ठेक्का बिल र कार्य सम्पन्न प्रतिवेदन तयार गरी सिफारिससमेत गरी फिल्डमा वास्तविक कार्यभन्दा बढी मूल्याङ्ककन गराई भुक्तानी लिएको आरोप छ ।

कार्य सम्झौताविपरीत कार्यसम्पन्न भएको भनी ९७ हजार ८४० रुपैयाँ बढी भुक्तानी भएको फेला परेको अख्तिारको भनाइ छ । उनीहरूलाई कानुन बमोजिमको कैद र जरिवानाको सजाय मागदाबी गर्दै आज विशेष अदालतमा आरोपपत्र दायर गरिएको हो । 
 

प्रतिक्रिया