बिहीबार, माघ १५, २०८२

अमेरिका पठाइदिने भन्दै दुई करोड ठगी गर्ने पुरुष पक्राउ

मेरोन्यूज २०७९ पुष १४ गते १७:१२

काठमाडौँ । अमेरिकासहित देशमा वैदेशिक रोजगारीका लागि पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा काठमाडौँ बुढानीलकण्ठका ४४ वर्षीय राजु थापा पक्राउ परेका छन् । 

अष्ट्रेलिया, अमेरिका, क्यानडा तथा हङकङ लगायत देशमा पठाइदिन्छु भन्दै प्रतिव्यक्ति २५ लाख रुपैयाँ लिएर उनले एक करोड ६२ लाख ६ हजार रुपैयाँ ठगी गरेको प्रहरीको भनाइ छ । 

मासिक तीन लाख तलबसहित ग्रिनकार्ड, पीआर र हङकङ आईडीसमेत बनाइदिने भनी विश्वास दिलाई प्रलोभनमा पारेर थापाले ठगी गरेको प्रहरीको दाबी छ । 

थापालाई बुधबार पक्राउ गरेर जिल्ला प्रहरी परिसर टेकु काठमाडौँ पठाइएको छ ।
 

प्रतिक्रिया