बेवारिसे पुरुषको शव फेला
मेरोन्यूज
२०७९ पुष १४ गते १७:१५
काठमाडौँ । महोत्तरीको पिपरा गाउँपालिकामा बेवारिसे शव फेला परेको छ । पिपरा गाउँपालिका ५ स्थित चाँदनी चोक नजिकै पहिचान नखुलेको शव बिहीबार बिहान फेला परेको हो ।
जनकपुर–जलेश्वर सडक खण्डको उत्तर साइडको कल्भर्ट नजिक जमेको पानीमा उक्त शव फेला परेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
पुरुष जस्तो देखिने शवलाई इलाका प्रहरी कार्यालय सहोडवाबाट मुचुल्कासहित प्रहरीले पोष्टमार्टमका लागि जिल्ला अस्पताल जलेश्वर पठाइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सरोज राईले जानकारी दिए ।
अन्दाजी २५–३० वर्षको तराई मूलको जस्तो देखिने उक्त शवको विषयमा पोष्टमार्टमपछि थप खुल्न सक्ने प्रहरीले जनाएको छ ।
सम्बन्धित
















कांग्रेस पूर्वसांसदहरू सर्वोच्च जाने कार्यक्रम स्थगित
चितवनमा मोटरसाइकल नहरमा खस्दा एक जनाको मृत्यु
आजका लागि कृषिउपजको थोक मूल्य: काउलीको मूल्य घट्यो
कास्कीमा निर्वाचन प्रहरीको तालिम आइतबारदेखि
निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका तीन उम्मेदवार र तीन सरकारी निकायलाई मागियो स्पष्टीकरण
सुनको मूल्यमा आज पनि रेकर्ड, कतिमा हुँदैछ काराेबार ?
स्कटल्यान्डसँग पराजित भएसँगै समूह चरणबाटै बाहिरियो नेपाल
बालेन शाहविरूद्ध निर्वाचन आयोगमा उजुरी
अस्पतालमा राखिएको शव अर्कैले लिएर अन्त्यष्टि गरेपछि…
म दुई दिनको चटक देखाउन होइन, मधेस पढ्न र बुझ्न आएको हुँः सभापति थापा
प्रतिक्रिया