बिहीबार, माघ १५, २०८२

सुन व्यापारीसँग घुस माग्ने डीएसपी ठगबहादुर निलम्बित

मेरोन्यूज २०७९ पुष १४ गते १७:३०

काठमाडौँ । इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी ठगबहादुर केसी निलम्बित भएका छन् ।

सुन व्यापारीसँग घुस रकम लिएको आरोपमा केसीलाई प्रहरी प्रधान कार्यालयको सिफारिसमा गृह मन्त्रालयले बिहीबार निलम्बन गरेको हो । 

केसीले व्यापारीबाट ३५ तोला सुन बरामद गरी मुद्दा प्रक्रिया अघि नबढाई पैसाको बार्गेनिङ गरेको जानकारी पाएपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो सीआईबीले उनीमाथि अनुसन्धान गरेको थियो ।

उनको निवासबाट ३५ तोला सुन, आठ लाख ५० हजार रूपैयाँ, नौ लाख ५० हजार रूपैयाँको खिम जिसीको नाममा रहेको चेक बरामद भएको थियो ।
 

प्रतिक्रिया