आइतबार, मंसिर ७, २०८२

मेगा बैंक छाडेकी रविना देशराजले सार्वजनिक गरिन् प्रेमी

मेरोन्यूज २०७९ पुष १५ गते ७:३९

काठमाडौं । सेलिब्रेटी बैंकर रविना देशराज श्रेष्ठले आफ्नो प्रेमीको फोटो सार्वजनिक गरेकी छन् । मेगा बैंक नेपाल इन्भेस्टमेन्ट बैंकसँग मर्जरमा जाने भएपछि रविना इन्भेस्टमेन्टमा डेपुटी सीईओ हुने सहमति भएको थियो । तर, उनले ठूलो बैंकको डेपुटी सीईओको पद अस्वीकार गर्दै राजीनामा दिएकी थिइन् ।

बैंकबाट राजीनामा दिएको एकसातापछि इन्टाग्राममार्फत उनले आफ्नो प्रेमीको फोटो सार्वजनिक गरेकी हुन् । उनले इन्टाग्राममा ३२ वर्षको बैंकिङ करिअरबाट बाहिरिएपछि आफ्नो प्रेमीलाई चिनाउन पाउँदा खुसी लागेको बताएकी छन् ।

उनले भेटपछि ‘कसरी माया बस्यो त्यो व्यक्त गर्न नसक्ने’ भन्दै सबैलाई शुभकामना र आर्शीवाद दिन अनुरोध गरेकी छन् ।
रविनाका दुई छोरा आयुशमान र असिरमान छन् । रविनाका छोरा आयुशमानले नायिका प्रिंयका कार्कीसँग विवाह गरेका छन् । रविना लामो समयदेखि एकल जीवन बिताउँदै आएकी थिइन् ।

प्रतिक्रिया