वीरताको कीर्तिमानले तमू समुदायको पहिचान विश्वभर फैलियो : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तमु समुदायको गौरवशाली परम्परालाई सरकारले उच्च सम्मान गर्ने बताएका छन् । तमू ल्होसारको अवसरमा शुक्रबार काठमाडौँको टुँडिखेलमा आयोजित विशेष समारोहमा बोल्दै उनले यस्तो बताएका हुन् ।
प्रधानमन्त्री प्रचण्डले इमान्दारिता, लगन, निष्ठा, वीरता र बलिदानको कीर्तिमानका कारण तमू समुदायको पहिचान विश्वभर फैलिएको स्पष्ट पारे । तमू समुदायले आर्जन गरेको वीरता र बलिदान नेपाल राष्ट्र र नेपाली जनताका लागि गर्वको विषय भएको बताउँदै उनले त्यसको सम्मान गर्ने कामलाई सरकारले प्राथमिकता राख्ने बताए ।
‘तमू समुदायको आफ्नै मौलिक र ऐतिहासिक पहिचान स्थापित छ, आफ्नो इमान्दारिताका कारण, लगन, निष्ठा र मेहनतले आफ्नो वीरता र बलिदानको कीर्तिमानले विश्वभरका लागि इमान्दारिता, पारदर्शीता, निष्ठा, त्याग, बलिदान र समर्पणको पर्यायको रुपमा स्थापित छ,’ उनले भने, ‘तमू ल्होसार आज काठमाडौँमा मात्रै होइन, नेपालको ७७ जिल्लामा मनाइँदै छ, सरकारले तमू ल्होसारका लागि दिँदै आएको आर्थिक सहयोग बढाउने छ ।’
मारोहमा तमू समुदायले आफ्नो संस्कृति झल्कने खालका झाँकीसहित नृत्य प्रस्तुत गरेका थिए । प्रधानमन्त्री दाहालले तमू समुदायको सांस्कृतिक झाँकीलाई जीवन बाँच्ने राष्ट्रिय पहिचानको मौलिक परम्पराको रुपमा चित्रण गरे ।


















प्रधानमन्त्री कप क्रिकेटको उपाधि त्रिभुवन आर्मी क्लबलाई
रातो मच्छिन्द्रनाथको रथारोहण भोलि
पोखरामा शनिबारदेखि राष्ट्रिय जुनियर टेनिस सुरु हुँदै
कनकाईबाट ५६३ ग्राम खैरो हिरोइनसहित दुई पक्राउ
श्रमिक पठाउने संस्थाहरूले अनिवार्य सम्पर्क विवरण खुलाउनुपर्ने
अमेरिकी नाकाबन्दीका बावजुद इरानका जहाजहरू होर्मुज स्ट्रेट पार गर्दै
आजदेखि काठमाडौंमा रात्रिकालीन बससेवा सञ्चालन
अमेरिकी युद्धपोतले इरानी तेल ट्यांकरलाई रोके
व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै
‘भेहिकल फ्री असन’ वैशाख ५ गतेदेखि सुरु हुने
प्रतिक्रिया