हुण्डाई कन्स्ट्रक्सनको ‘स्मार्ट प्रमिस अफर’, सुपथ मूल्यमै हेभी एक्जाभेटर

काठमाडौँ । हुण्डाई कन्स्ट्रक्सन इक्विप्मण्ट नेपालले निर्माण व्यवसायीलाई लक्षित गरेर ‘हुण्डाई स्मार्ट प्रमिस’ योजना ल्याएको छ ।
यो योजनाअन्तर्गत कम लगानीमै राम्रो कण्डिसनको सेकेण्ड ह्याण्ड एक्जाभेटर सुपथ मूल्यमा पाउन सकिने व्यवस्था रहेको छ । ग्राहकले नयाँ उपकरणभन्दा लगभग ६० गुणा कम लगानीमै सेकेण्ड ह्याण्ड उपकरण खरिद गर्न सक्ने छन् ।
नयाँ अवस्थामा लिँदा एक करोड ५० लाख नेपाली रुपैयाँसम्म पर्ने उपकरणहरू ग्राहकले ६० देखि ९० लाख रुपैयाँमै लिन सक्ने छन् । यसअघि ३६१ घण्टादेखि बढीमा दुई हजार ९५० घण्टासम्म प्रयोग गरिएका यी सेकेण्ड ह्याण्डका उपकरणहरू अझै पनि उत्तिकै कुशल प्रदर्शन र उच्च प्रतिफल दिने अवस्थामा रहेका छन् ।
‘हुण्डाई स्मार्ट प्रमिस’का हरेक एक्जाभेटरमा नौ महिना वा हजार घण्टाको प्रयोग अवधिसम्म वारेण्टी रहेको छ । साथै, हुण्डाई मेन्टेनेन्स कन्ट्रयाक्ट (एचएमसी) प्याकेजअन्तर्गत निश्चित युनिटका एक्जाभेटरमा ६ महिना, ८ महिना वा ९ महिनाको निः शुल्क मर्मत गरिने व्यवस्था छ ।
यस योजनाका मेसिनहरू हुण्डाईको काठमाडौँ, हेटौँडा र बुटवल सोरुममा उपलब्ध छन् । ग्राहकले आफूलाई सहज हुने योजना अनुसार लागत भुक्तानी गरी उपकरणहरू खरिद गर्न सक्ने छन् ।
हुण्डाइ कन्स्ट्रक्सन नेपालको हेभी निर्माण उपकरण बजारमा प्रमुख हिस्सा ओगटेको कम्पनी हो । कम्पनीले उच्च पर्फमेन्स गर्ने ‘नेपालको नम्बर १ एक्जाभेटर’ उपकरण निर्माण गर्दछ ।
हुण्डाई कन्स्ट्रक्सनका उपकरण लामो समयदेखि निर्माण, युटिलिटी, उत्खनन र खानी उद्योगका लागि प्रमुख इक्विप्मेण्टको रूपमा रहँदै आएको छ । हुण्डाई मसिन, हेभी इक्विप्मेन्ट अपरेटरलाई कार्य सम्पादन गर्न मुख्य भूमिका खेल्दै आएको छ ।
















कर्णाली प्रदेशमा ट्राफिक कारबाहीबाट १३ लाख राजस्व सङ्कलन
लुम्बिनीमा आयोजित तेस्रो शान्ति म्याराथन प्रतियोगिताको उपाधि आर्मीका रोकायलाई
हिन्दू र मुस्लिम समुदायबीच तनावपछि कपिलवस्तुको महाराजगञ्ज बर्गदवामा अनिश्चितकालीन निषेधाज्ञा जारी
सुरेन्द्र पाण्डेको टिप्पणी- कार्यशैली परिवर्तन नगरे अर्को चुनावपछि एमाले स्कुटरमा अट्ने बन्छ
नासाको ‘ओरियन’ रकेट फेरी प्रक्षेपण स्थलमा
ग्यास पूर्वाधारमा इजरायलले आक्रमण गरेपछि इरानकाे पक्षमा उत्रियाे कतार
चैत ५ गते बिहीबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
साउदी, कतार र युएईका पाँच क्षेत्र खाली गर्न इरानकाे उर्दी
इरानको आणविक भट्टीमा भएको आक्रमण अस्वीकार्य’ : रुस
प्रधानसेनापति सिग्देलले पूर्वप्रधान सेनापतिहरूसँग गरे छलफल
प्रतिक्रिया