बिहीबार, माघ १५, २०८२

६ वर्षीयालाई बलात्कार गरेको आरोपमा युवक पक्राउ

मेरोन्यूज २०७९ पुष १५ गते १८:५०

काठमाडौँ । सोलुखुम्बुमा ६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा माप्यदुधकोशी गाउँपालिका ५ का २८ वर्षीय सांगे शेर्पा रहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । 

सोलुदुधकुण्ड नगरपालिका ७ गार्माकी बालिकालाई बिहीबार करणी गरेको आरोपमा शेर्पालाई आज पक्राउ गरिएको प्रहरी निरीक्षक अनिल मिश्रले जानकारी दिए । 

बालिकाको जिल्ला अस्पताल फाप्लुमा स्वास्थ्य परीक्षण गरिएको छ। घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया