बोत्स्वानाका पूर्वराष्ट्रपतिलाई पक्राउ पूर्जी जारी
मेरोन्यूज
२०७९ पुष १६ गते ८:५१

बोत्स्वाना । बोत्स्वानाको एक अदालतले पूर्वराष्ट्रपति इयान खामालाई अवैध हतियार राखेको आरोपमा पक्राउ पुर्जी जारी गरेको छ । अदालतका एक न्यायाधीशले खामालाई पक्राउ गर्न आदेश दिएका हुन् । ६९ वर्षीय खामा गत वर्ष देश छोडेर छिमेकी दक्षिण अफ्रिकामा बस्दै आएका छन् ।
उनले आरोप अस्वीकार गरेका छन। आफूमाथि राजनीतिक षड्यन्त्र भएको उनले बताएका छन् । आफ्नो कार्यकाल पूरा नगरी खामाले सन् २०१८ मा पद छोडेका थिए।
उनीमाथि सम्पत्ति शुद्धीकरण र चोरीको सम्पत्ति ह्यान्डल गरेको आरोपसहित १४ वटा मुद्दा चलिरहेको छ । जारी गरिएको पक्राउपूर्जी पाँचवटा अवैध हतियारको लागि मात्र हो । उनीमाथि गुप्तचर र प्रहरी सेवाका पूर्व प्रमुखहरूसँग संयुक्त रूपमा आरोप लगाइएको छ ।
सम्बन्धित
















सशस्त्र प्रहरी बलका १८ जबान बिना सूचना सम्पर्कबिहीन (नामावली)
नाकामा भन्सार कडाइले नेपालतर्फको बजारमा बढ्यो चहलपहल
आज कुन तरकारिको मूल्य कती ?
‘क्यासिनो’मा जुवा खेलिरहेका १९ नेपाली पक्राउ
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता पठाउँदै राष्ट्रपति
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
प्रतिक्रिया