एनटीआर ३१ मा आमिर भिलेन

मुम्बई । टलिउडको दायरा पेन इण्डियासम्म पुगिसकेको छ । यहीकारण कैयौं बलिउड स्टारले आफूहरू साउथ फिल्ममा काम गर्न चाहेको बताइसकेका छन् । तर अब आमिर खान भने यी सबै कुरा भन्दा एक कदम अगाडि आएका छन्
आमिरले ‘केजीएफ १’ र ‘केजीएफ २’ जस्ता फिल्मका निर्देशक प्रशान्त नीलको नयाँ फिल्म ‘एनटीआर ३१’मा अभिनयका लागि हस्ताक्षर गरेका छन् । फिल्ममा जूनियर एनटीआर प्रमुख भूमिकामा हुनेछन् ।
फिल्ममा भिलेन चरित्रका लागि आमिरलाई प्रस्ताव गरिएको छ । निर्देशक प्रशान्तले आमिरलाई स्क्रिप्ट सुनाएपछि आमिरले फिल्ममा काम गर्न सहमति जनाइसकेका छन् । स्थानीय सञ्चारमाध्यमका अनुसार लामो समयदेखि जूनियर एनटीआर र आमिरलाई दर्शकले एकसाथ पर्दामा हेर्न चाहेका थिए । जुन चाहना अहिले आएर पुरा गरेको छ ।
आमिरले यसअघि एनटीआर अभिनित फिल्म ‘आरआरआर’को प्रमोसनमा पनि सहभागिता जनाएका थिए । आमिर र एनटीआरले फिल्मको गीत ‘नाटू नाटू’ नाँचेका थिए ।एजेन्सी









बाबुराम र जनार्दनको एकतापछि आज प्रगतिशील लोकतान्त्रिक पार्टी घोषणा हुँदै
झापामा ट्याक्टरसँग ठोक्किएर मोटरसाइकल चालकको मृत्यु
नेत्रहीन महिला विश्वकप क्रिकेट : फाइनलमा आज नेपाल र भारत भिड्दै
तनहुँमा ८ हजार ३६६ मतदाता थपिए
एनपीएलमा लुम्बिनीको विजयी सुरुवात, बोपाराको अर्धशतकले जोगिएन चितवन
आज २०८२ साल मंसिर ५ गते शुक्रबारको राशिफल
निर्माणाधिन संसद भवन समयमै सम्पन्न गर्न सभामुख घिमिरेको निर्देशन
चितवनविरुद्ध पहिला फिल्डिङ गर्दै लुम्बिनी
फेरि सर्यो कांग्रेस केन्द्रीय समिति बैठक
प्रतिक्रिया