सुआरेज ब्राजिली क्लबमा अनुबन्धित

काठमाडौं । उरुग्वेका भेट्रान फरवार्ड लुइस सुआरेजले ब्राजिली सिरी ‘ए’ क्लब ग्रेमियोमा अनुबन्धित भएका छन् । ग्रेमियोले सुआरेजलाई फ्रि ट्रान्सफरमा २ वर्षको लागि क्लबमा अनुबन्ध गरेको हो ।
अब उनी सन् २०२४ को अन्त्यसम्म ग्रेमियोमा हुनेछन् । ३५ वर्षीय सुआरेजले कागजी र मेडिकल प्रक्रिया पुरा गरेपछि ग्रेमियोले उनलाई क्लबमा सार्वजनिक गरेको हो । उनले ग्रेमियोमा आफ्नो फेवरेट ९ नम्वरकै जसी लगाउनेछन् ।
डच क्लब आयाक्स, इंग्लिस क्लब लिभरपुल, क्याटलान क्लब बार्सिलोना र स्पेनिस क्लब एट्लेटिको मड्रिडका पुर्व फरवार्ड सुआरेजले पछिल्लोपटक आफ्नो पुर्व क्लब नेसियोनलका लागि खेलेका थिए ।
नासियोनलमा दोस्रो सत्रमा तीन महिना बिताएका उनले त्यहाँ रहँदा टोलीलाई उरुग्वेन च्याम्पियनसिप जिताउँदा १६ खेलमा ८ गोल गरे ।
ग्रेमियोको सन् २०२३ को पहिलो खेल १७ जनवरीमा साओ लुइजसँग हुनेछ । त्यही खेलबाट नै सुआरेजले ब्राजिली सिरी ‘ए’ मा डेब्यु गर्ने सम्भावना छ । पोर्टो एलेग्रे सहरमा रहेको ग्रेमियो गत नोभेम्बरमा सकिएको ब्राजिली सिरी बी’ बाट बढुवा भएको क्लब हो ।
‘ग्रेमियोमा यो सुन्दर चुनौतीको लागि तयार छु । म त्यहाँ आउन र यसको आनन्द लिन पाउँदा उत्साहित छु ।’ सुआरेजले ट्वीट गरेका छन् ।
सुआरेजले आयाक्सबाट १५९ खेलमा १११ गोल, लिभरपुलबाट १३३ खेलमा २ गोल, बार्सिलोनाबाट २३ खेलमा १९८ गोल र एट्लेटिको मड्रिडबाट ८३ खेलमा ३४ गोल गरेका छन् ।
सुआरेजले गत डिसेम्वरमा सम्पन्न फिफा विश्वकप कतार २०२२ मा समूह चरणको तीनै खेल खेलेपनि गोल गर्न सकेनन् । उरुग्वे समूह चरणबाटै बाहिरिएको थियो । सन् २००७ देखि उरुग्वेको टोलीमा रहेका सुआरेजले १३७ खेलमा ६८ अन्तर्राष्ट्रिय गोल गरेका छन् ।
















निर्वाचन अनपेक्षित, अपत्यारिलो र जादुमय : ओली
टेनिस टोली श्रीलंका प्रस्थान
छिनछिनमा विद्युत् आपूर्ति अवरुद्ध हुने समस्यामा सुधार
शेष अफरसहित साओमी १७ अल्ट्राको प्रि–अर्डर सुरु
Senior-most member KC administers oath to newly elected HoR members
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
ट्रम्पको दाबी खारेज गर्दै इरानले भन्यो- ‘कुनै वार्ता र सहमती भएको छैन’
भुटानमाथि नेपालको २–१ को जित
३ किलो ४३५ ग्राम गाँजासहित त्रिभुवन विमानस्थलबाट थाई नागरिक पक्राउ
प्रतिक्रिया