शनिबार, चैत ७, २०८२

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल चिनियाँ इञ्जिनियरिङको उच्चतम नमुना : चीन

मेरोन्यूज २०७९ पुष १७ गते १४:४५

काठमाडौँ । नेपालका लागि चिनियाँ कार्यबाहक राजदूत वाङ सिनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल चिनियाँ मापदण्डअनुसार डिजाइन र निर्माण गरिएको बताएका छन् । 

Advertisement
nepal life insurencenepal life insurence

पोखरामा आइतबार विमानस्थलको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पोखराबासीको ५० वर्षदेखिको सपना रहेको बताए । 

चिनियाँ डिजाइनमा निर्माण गरिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलले चिनियाँ इञ्जिनियरिङको उच्च गुणस्तर झल्काएको उनको भनाइ छ । 

पोखरा विमानस्थल नेपालको राष्ट्रिय गौरवको प्रतीक रहेको भन्दै उनले भने, ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पोखराबासीको ५० वर्षदेखिको सपना हो, यो विमानस्थल चिनियाँ मापदण्डअनुसार डिजाइन र निर्माण गरिएको छ, जसले चिनियाँ इञ्जिनियरिङको उच्च गुणस्तर झल्काउँछ ।’ 

पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई चीन र नेपालका नेताहरूले उच्च मान्यतामा राखेको बताएका उनले नयाँ विमानस्थल साझा विकास र समृद्धि हासिल गर्न मिलेर काम गर्ने शैलीको जीवन्त अभ्यास र सशक्त साक्षी बन्ने विश्वास व्यक्त गरे । 

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन समारोहमा उपस्थित हुन पाउँदा गौरवान्वित भएको बताएका कार्यबाहक राजदूत सिनले परियोजनामा सहयोगको लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाल सरकारलाई विशेष धन्यवाद दिए ।

प्रतिक्रिया