युक्रेनले ४५ वटा रूसी ड्रोन खसालेको दाबी

काठमाडौँ । युक्रेनले नयाँ वर्षको अवसरमा पश्चिमा समर्थित देश लेबनानले रातारात ४५ वटा रूसी ड्रोन खसालेको दाबी गरेको छ ।
नयाँ वर्षको पूर्वसन्ध्यामा मस्कोले कीभ र युक्रेनका शहरमा क्षेप्यास्त्र र ड्रोनबाट आक्रमण गरेको थियो । युक्रेनको वायु सेनाले एक विज्ञप्ति जारी गर्दै ४५ वटा ‘शाहेद’ ड्रोन नष्ट गरेको जनाएको छ ।
सन् २०२२ को अन्त्यमा १३ र नयाँ वर्षमा थप ३२ वटा ड्रोन खसालेको विज्ञप्तिमा उल्लेख छ । युक्रेनी अधिकारीले केही ड्रोन उनीहरूको लक्ष्यमा पुगे वा पुगेनन् भन्नेबारे केही बताएका छैनन् ।
कीभ प्रहरी प्रमुख एन्ड्री नेबिटोभले रूसी भाषामा ‘नयाँ बर्षको शुभकामना’ लेखिएको ड्रोनको भग्नावशेषको तस्बिर फेसबुकमा पोस्ट गरे । उनले लेखेका छन्, ‘आतङ्ककारी राज्य’ र यसको सेनाको बारेमा तपाईंले जान्नैपर्ने कुरा यही हो ।”
रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमाथि आक्रमण गरेको ११ औँ महिनामा प्रवेश गरेका समय उक्त आक्रमण भएको हो । शृङ्खलाबद्ध सैन्य पराजयपछि रूसले अक्टोबरमा युक्रेनको पूर्वाधारलाई निशाना बनाउन थाल्यो ।
















स्वास्थ्यमन्त्री मेहतासँग बेलायती राजदूतको शिष्टाचार भेट
अन्टार्कटिकामा पर्यटनसँगै जोखिम बढ्दो
प्रिमियर कप खेल्ने महिला क्रिकेट टोली घोषणा
नेपालगञ्जमा हत्याको आरोपमा ६ जना पक्राउ
जनमतले फिर्ता लियाे मधेस सरकारलाई दिएको समर्थन
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फेरि राष्ट्रपतिसमक्ष पठाउने सरकारकाे निर्णय
प्रतिक्रिया