बिहीबार, माघ १५, २०८२

भरूवा बन्दुकसहित एक जना पक्राउ

मेरोन्यूज २०७९ पुष १८ गते १२:५९

काठमाडौँ । बर्दियाको बाँसगढी नगरपालिका २ बेतहनी बस्ने ४९ वर्षीय दुर्गा बहादुर बिकलाई प्रहरीले पक्राउ गरेको छ ।

उनको घरबाट एक नाल भरुवा बन्दुक र जनावर मार्न प्रयोग हुने जाल दुई थानसहित आइतबार साँझ प्रहरीले उनलाई पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय मोतीपुर, बर्दिया राष्ट्रिय निकुञ्ज रम्मापुर पोष्टबाट नेपाली सेना र सहायक वन अधिकृतसहितको संयुक्त टोलीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया