बजेटको बहसका क्रममा गर्भवती सांसदलाई पेटमा लात हान्ने सांसदलाई ६ महिना जेल

एजेन्सी । सेनेगलका दुई विपक्षी सांसदलाई बजेटको बहसका क्रममा गर्भवती सांसदलाई पेटमा लात हानेको अभियोगमा ६ महिनाको जेल सजाय सुनाइएको छ । विपक्षी धार्मिक व्यक्तित्वको आलोचना गरेपछि पुरुष सांसदहरूले एमी एनडियालाई आक्रमण गरेका थिए ।
न्यायाधीशले मामाडो नियाङ र मासाटा साम्बलाई एनडियायेलाई ५० लाख सीएफए फ्रयांक क्षतिपूर्ति तिर्न पनि आदेश दिएका छन् । सो घटनाको व्यापक निन्दा र महिला अधिकारको बारेमा बहस सुरु गरेको छ ।
अनलाइनमा व्यापक रूपमा सेयर गरिएको भिडियोमा साम्ब १ डिसेम्बरमा नियमित बजेट बहसको क्रममा एनडियाई तर्फ हिँड्दै र उनलाई थप्पड हानेको देखिन्छन । त्यसपछि उनले कुर्सी हानेर बदला लिन्छिन्, तर तत्कालै अर्का पुरुष सहकर्मीले उनको पेटमा लात हानेका थिए । त्यसपछि अन्य सांसदहरूले स्थिति शान्त पार्न खोज्दा झडप भएको थियो ।
सत्तारुढ बेन्नो बोक याकार गठबन्धनकी सदस्य एनडियाई आक्रमणपछि संसदमा बेहोस भइन् र उनले बच्चा गुमाउने डर बढेको थियो । उनलाई तत्काल अस्पताल लगिएको थियो । अस्पतालबाट डिस्चार्ज भए पनि उनी हाल कठिन अवस्थामा रहेकी उनका वकिलले बताए ।
















अर्थमन्त्री र भौतिक पूर्वाधार मन्त्रीसँग बजेटबारे छलफल गर्दै रास्वपा सांसद
इरानको सपिङ सेन्टरमा आगलागी आठ जनाको मृत्यु
सशस्त्र प्रहरी बलका १८ जबान बिना सूचना सम्पर्कबिहीन (नामावली)
नाकामा भन्सार कडाइले नेपालतर्फको बजारमा बढ्यो चहलपहल
आज कुन तरकारिको मूल्य कती ?
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता पठाउँदै राष्ट्रपति
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
प्रतिक्रिया