क्यानडाले सन् २०२२ मा ४ लाख ३७ हजार विदेशीलाई स्थायी बसोबास दियो

ओटाबा । क्यानाडाले गत वर्ष ४ लाख ३७ हजारभन्दा बढी विदेशीहरूलाई स्थायी बसोबास दिएर अध्यागमन रेकर्ड स्थापित गरेको सरकारले जनाएको छ । क्यानडाले कडा श्रम बजारसँग लड्न अध्यागमनलाई बढावा दिइरहेको छ ।
सरकारले सन् २०२२ मा ४ लाख ३१ हजार ६४५ नयाँ स्थायी बासिन्दाहरूलाई स्वागत गर्ने लक्ष्य राखेको थियो र अध्यागमन मन्त्रालयले क्यानाडाको इतिहासमा मानिसहरूको सबैभन्दा ठूलो वार्षिक प्रवेश गर्ने लक्ष्यमा पुगेको बताएको छ ।
गत वर्षको संख्या सन् २०२१ भन्दा लगभग ९ प्रतिशत बढी छ जतिबेला क्यानाडाले सन् १९१३ मा तय गरेको अघिल्लो रेकर्डलाई पार गरेको थियो र क्यानाडाले सन् २०२५ सम्म १ दशमलब ४५ मिलियन नयाँ स्थायी बासिन्दाहरू भित्रयाउन खोजेको छ ।
क्यानाडाले तीव्र श्रम बजार अभावलाई सम्बोधन गर्नमा ध्यान केन्द्रित गरेकोले अध्यागमन समाधानको मुख्य भाग भएको मन्त्रालयले प्रष्ट पारेको छ ।
















डब्ल्यूएचओद्वारा दोस्रो ‘हान्टाभाइरस’ सङ्क्रमण पुष्टि
अन्नपूर्ण क्षेत्रमा भित्रिए ९ महिनामा साढे दुई लाख विदेशी पर्यटक
२४ घण्टामा दुई हजार २९३ सवारी चालकलाई कारबाही
वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिने भन्दै लाखौँ रकम ठगी गर्ने तीन जना पक्राउ
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक
प्रतिक्रिया