क्रिस्टियानो रोनाल्डोलाई साउदीमा भब्य स्वागत (फोटो फिचर)

काठमाडौं । पोर्चुगलका विश्वचर्चित फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डोले साउदी अरब पुगेका छन् । साउदीको अल–नस्र क्लबमा अनुबन्ध भएका रोनाल्डो साउदी पुग्दा उनको त्यहाा भब्य स्वागत भएको छ । रोनाल्डोले पनि साउदी क्लवमा अनुबन्ध हुनपाउँदा आफूलाई गर्व लागेको बताएका छन् ।
मंगलबार साउदी अरबको राजधानी रियाद पुगेपछि पत्रकार सम्मेलनमा उनले अल–नस्र क्लबसँग अनुबन्ध हुँदा आफूलाई गर्व लागेको र सन्तुष्ट रहेको बताए ।
उनले साउदी अरबको फुटबल क्लब अल–नस्रसँग १७७ मिलियन पाउण्डको सम्झौता गरेका छन् । यो सम्झौतासँगै उनी सन् २०२५ सम्म अल–नस्र क्लबमा रहनेछन् ।
पत्रकार सम्मेलनमा उनले युरोपबाट खेल्दा धेरै चिज पाइसकेको भन्दै अब नयाँ चुनौतीलाई पनि सामना गर्ने बताए । उनले भने, ‘जीवनमा यति ठूलो निर्णय लिंदा मलाई गर्व छ । युरोपमा मेरो काम अब सकिएको छ । मैले धेरै कुरा जितिसकेको छु । युरोपको प्रतिष्ठित क्लबबाट खेलें । यो अब नयाँ चुनौती हो ।’
आफूले आफैंलाई अनौठो खेलाडी भन्दै उनले भने,‘म अनौठो छु, यहाँ आउँदा राम्रो भएको छ । मैले उता सबै रेकर्ड तोडेको छु अब यहाँ पनि केही रेकर्ड तोड्न चाहान्छु । म यहाँ खेल्न, जित्न र खेलको मजा लिन आएको हुँ ।’
अल–नस्रले साउदी अरब फुटबलको मात्र नभइ देशकै धारणा बदल्नेसमेत उनले बताए ।
साउदी अरबको क्लबमा आबद्ध हुनुअघि आफूले अमेरिका, अष्ट्रेलिया र ब्राजिलबाट आएका आकर्षक अफरलाई पनि स्वीकार नगरेको उनले बताए । उनले भने, किनकि म साउदी फुटबललाई योगदान गर्न चाहन्थें ।’
रोनाल्डोलाई रियादमा अल–नस्र क्लबका अध्यक्ष मुसली अल मुआम्मरले स्वागत गरेका थिए ।

























अमेरिकाद्वारा इरानमा जमिनमा आधारित सैन्य कारबाहीको तयारी -रिपाेर्ट
आज केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
बिपी राजमार्गमा सवारी सञ्चालनमा रोक
यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
जलेर नष्ट भएका तेह्र हजार बढी लालपुर्जाको स्रेस्ता कायम
नेप्सेद्वारा मार्जिन कारोबार कार्यप्रक्रिया लागू
प्रतिक्रिया