सन्दीप लामिछानेलाई न्याय माग्दै बोले आरिफ शेख र शरद भेषावकर

काठमाडौं । नेपाली राष्ट्रिय टोलीका क्रिकेटर शरद भेषावकर र आरिफ शेखले बलात्कारको आरोपमा थुनामा रहेका पूर्वकप्तान सन्दीप लामिछानेले न्याय पाउनुपर्ने बताएका छन्।
सामाजिक सञ्जाल फेसबुकमा एक पोस्ट गर्दै उनीहरुले सन्दीपको न्यायको पक्षमा आवाज उठाउनुपर्ने बताएका हुन्।
बुधबार बिहान सामाजिक सञ्जालमा अन्तर्राष्ट्रिय क्रिकेटमा सन् २०२२ मा लामिछाने सबैभन्दा धेरै विकेट लिने दोस्रो खेलाडी बनेको पोस्ट शेयर गर्दै भेषावकरले ह्यासट्यागमा जस्टिस फर लामिछानेको प्रयोग गरेका छन्।
त्यस्तै आरिफ शेखले पनि सोही ह्यासट्याग प्रयोग गर्दै मरेको मानिसले आफ्नो न्यायको लागि आवाज उठाउन नसक्ने भएकाले जिउँदो मानिसले उनीहरुको लागि बोल्नु दायित्व भएको बताएका छन्।
उनले जतिसक्दो छिटो सन्दीपले न्याय पाएर उनी देशको शान बनून भन्ने कामनासमेत गरेका छन्।
लामिछानेले नाबालिगलाई गत भदौ ५ गते काठमाडौंको सिनामंगलस्थित एक होटलमा लगेर दुईपटक बलात्कार गरेको आरोप छ। गत भदौ २१ गते उनीविरुद्ध प्रहरी वृत्त गौशालामा जाहेरी परेको थियो।
सोही आरोपमा नेपाल आएलगत्तै पक्राउ परेका उनलाई अदालतले यो मुद्दामा पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ। सोही आदेश अनुसार उनी अहिले कारागारमा छन्।















जेनजी आन्दोलन : यस्तो छ जाँचबुझ आयोगको प्रतिवेदन (पूर्णपाठ)
पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर १५ रुपैयाँले मुल्य बढ्यो
तीन महिनाका लागि एन्फा निलम्वन
सिरहा हत्या प्रकरण : ५४ दिनमा पनि पत्ता लागेन दोषी
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
ट्रम्पको दाबी खारेज गर्दै इरानले भन्यो- ‘कुनै वार्ता र सहमती भएको छैन’
नेपाली प्रविधिमा आधारित ‘ल बसम’ राइड सेयरिङ एप सार्वजनिक
भुटानमाथि नेपालको २–१ को जित
प्रतिक्रिया