अष्ट्रेलियन डलरकाे भाउ बढ्यो, अमेरिकी डलरकाे मूल्य घट्याे

काठमाडौं । नेपाल राष्ट्र बैँकले बिहीबारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । अमेरिकी डलरमा १३ पैसाले ओरालो लागेको छ । यसको खरिददर १३२ रुपैयाँ १९ पैसा र बिक्रीदर १३२ रुपैयाँ ७९ पैसा तोकिएको छ । बुधबार यसको खरिददर १३२ रुपैयाँ ३२ पैसा र बिक्रीदर १३२ रुपैयाँ ९२ पैसामा कारोबार भएको थियो ।
युरोपियन युरोमा ६४ पैसाले वृद्धि भएको छ । युरोपियन युरो एकको खरिद १४० रुपैयाँ २७ पैसा र बिक्रीमा १४० रुपैयाँ ९० पैसा तोकिएको छ । अघिल्लो दिन यसको खरिददर १३९ रुपैयाँ ६३ पैसा र बिक्रीमा १४० रुपैयाँ २६ पैसामा भएको थियो ।
अष्ट्रेलियन डलरको खरिदमूल्य ९० रुपैयाँ ८३ पैसा र बिक्रीमूल्य ९१ रुपैयाँ २४ पैसामा कारोबार भैरहेको छ । बुधबारको तुलनामा बिहीबार अष्ट्रेलियन डलरमा १ रुपैयाँ ९४ पैसाले उकालो लागेको हो ।
साउदी अरेवियन रियाल एकको खरिददर ३५ रुपैयाँ १६ पैसा र बिक्रीमा ३५ रुपैयाँ ३२ पैसा तोकिएको छ । कतारी रियालको खरिदमा ३६ रुपैयाँ १९ पैसा र बिक्रीमा ३६ रुपैयाँ ३५ पैसा र मलेसियन रिंग्गेट एकको खरिदमूल्य ३० रुपैयाँ ४ पैसा र बिक्रीमूल्य ३० रुपैयाँ १८ पैसा रहेको छ ।
यसैगरी साउथ कोरियन वन १०० को खरिदमा १० रुपैयाँ ४० पैसा र बिक्रीमा १० रुपैयाँ ४४ पैसा, हङकङ डलर एकको खरिदमा १६ रुपैयाँ ९१ पैसा र बिक्रीमा १६ रुपैयाँ ९९ पैसा, कुवेती दिनार एकको खरिददर ४३१ रुपैयाँ ५८ पैसा र बिक्रीमा ४३३ रुपैयाँ ५४ पैसा र बहराइन दिनार एकको खरिदमा ३५० रुपैयाँ ६१ पैसा र बिक्रीमा ३५२ रुपैयाँ २० पैसा नेपाल राष्ट्र बैंकले जनाएकाे छ ।
















आज चैत ८ गते आइतबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
दाउन्ने सडक खण्डमा यातायात सञ्चालनमा अवराेध जारी
इरानकाे नतान्ज आणविक केन्द्रमा भएकाे आक्रमणबारे रुसद्वारा अन्तर्राष्ट्रिय छानवीनको माग
भारतीय प्रधानमन्त्री मोदी र इरानी राष्ट्रपति पेजेश्कियानबीच संवाद
सुरक्षा लापरबाही गर्ने खक्रौलास्थित सशस्त्रका गुल्मपतिसहित सबै कर्मचारी अनुसन्धानमा
चाडमा सुडानी ड्रोन आक्रमण, १७ जनाको मृत्यु
सुनचाँदीकोे मूल्य आज पनि घट्यो, कतिमा हुँदैछ काराेबार ?
ज्ञानेन्द्र शाही बने राप्रपा संसदीय दलको नेता
बुवा मजदुरी गर्न साउदी, नेपालमा छोरी सांसद
चैत १३ गते प्रधानमन्त्रीको शपथ लिने बालेनको तयारी
प्रतिक्रिया