शनिबार, चैत ७, २०८२

प्रधानमन्त्रीले दिए पेट्रोलियम पदार्थको मूल्य घटाउन निर्देशन

मेरोन्यूज २०७९ पुष २१ गते १४:५७

काठमाडौँ । पेट्रोलियम पदार्थको मूल्य घटाउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्देशन दिएका छन् ।

Advertisement
nepal life insurencenepal life insurence

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटेको भन्दै प्रधानमन्त्री प्रचण्डले सोहीअनुसार मूल्य समायोजन गर्न निर्देशन दिएका हुन् ।

प्रधानमन्त्री प्रचण्डले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिवलाई पेट्रोलियम पदार्थको मूल्य घटाउन निर्देशन दिएको प्रधानमन्त्रीका सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री प्रचण्डले सबै प्रकारको पेट्रोलियम पदार्थको मूल्य घटाउन निर्देशन दिएका हुन् ।

प्रतिक्रिया