राष्ट्र बैंकले संशोधन गरेको चालु पुँजी कर्जा मार्ग प्रदर्शन स्वागत योग्य : अध्यक्ष गोल्छा

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले नेपाल राष्ट्र बैंकले संशोधन गरेको चालु पुँजी कर्जा मार्ग प्रदर्शन स्वागत योग्य रहेको बताएका छन् ।
बिहीबार जुत्ता उत्पादक संघ नेपालले आयोजना गरेको १६ औँ अन्तर्राष्ट्रिय फुटवेयर औद्योगिक प्रदर्शनीमा कार्यक्रममा बोल्दै अध्यक्ष गोल्छाले नेपाल राष्ट्र बैंकले संशोधन गरेको चालु पुँजी कर्जा मार्ग प्रदर्शन स्वागत योग्य रहेको बताए ।
उनले उद्योगी व्यवसायीका समस्या चालु पुँजी कर्जा मार्ग दर्शनमा केही नीतिहरू परिमार्जनले मात्रै अर्थतन्त्रमा देखिएका चुनौतीको सामान गर्न नसक्ने बताएका कन् । उनले सरकारले बजारमा देखिएको उच्च बैंकको ब्याजदर कम गर्ने, तरलता सहज बनाउने लगायतका काम गर्नु पर्ने उल्लेख गरे ।
अध्यक्ष गोल्छाले नयाँ सरकारले निजी क्षेत्रका समस्या समाधान गर्न धेरै चुनौती रहेको बताए । उनले खुला सीमानाबाट अनाधिकृत रुपमा भइरहेको आयातका कारण सरकारको राजश्व संकलनको लक्ष्यभन्दा तल पुगेको बताएका थिए । उनले राजश्व संकलन २५ प्रतिशत कमी आउँदा राज्य सञ्चालनमा समेत समस्या भइरहेको अवस्था रहेको दाबी गरे ।
अध्यक्ष गोल्छाले नेपालको अर्थतन्त्रलाई योगदान गर्ने प्रमुख क्षेत्र जुत्ता चप्पल उद्योग पनि भएको बताए । उनले जुत्ता चप्पल क्षेत्रमा आत्मनिर्भर भएकाले चुत्ता आयात गर्नु पर्ने अवस्था नभएको बताएका थिए ।
















लुम्बिनीमा आयोजित तेस्रो शान्ति म्याराथन प्रतियोगिताको उपाधि आर्मीका रोकायलाई
हिन्दू र मुस्लिम समुदायबीच तनावपछि कपिलवस्तुको महाराजगञ्ज बर्गदवामा अनिश्चितकालीन निषेधाज्ञा जारी
सुरेन्द्र पाण्डेको टिप्पणी- कार्यशैली परिवर्तन नगरे अर्को चुनावपछि एमाले स्कुटरमा अट्ने बन्छ
नासाको ‘ओरियन’ रकेट फेरी प्रक्षेपण स्थलमा
कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै आज पनि प्रदर्शन
ग्यास पूर्वाधारमा इजरायलले आक्रमण गरेपछि इरानकाे पक्षमा उत्रियाे कतार
साउदी, कतार र युएईका पाँच क्षेत्र खाली गर्न इरानकाे उर्दी
चैत ५ गते बिहीबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
इरानको आणविक भट्टीमा भएको आक्रमण अस्वीकार्य’ : रुस
प्रधानसेनापति सिग्देलले पूर्वप्रधान सेनापतिहरूसँग गरे छलफल
प्रतिक्रिया