बुधबार, वैशाख २३, २०८३

सान फ्रान्सिस्कोमा भीषण आँधी, दुई जनाको मृत्यु

मेरोन्यूज २०७९ पुष २१ गते १८:१३

काठमाडौँ । अमेरिकाको सान फ्रान्सिस्को खाडी क्षेत्रमा बुधबार आएको तीव्र हावा, मुसलधारे पानीसहितको आँधीका कारण दुई जनाको मृत्यु भएको छ ।

Advertisement
NiccNicc

फेयरफिल्डमा तुफानका कारण १९ वर्षीया महिलाको मृत्यु भएको छ । त्यसैगरी सोनोमा काउन्टीको अक्सिडेन्टल शहरमा दिउँसो हावाले रुख ढलेर घरमा ठक्कर दिँदा एक बालकको मृत्यु भएको छ ।

प्यासिफिक ग्यास एण्ड इलेक्ट्रिक कम्पनीका अनुसार खाडी क्षेत्रका करिब एक लाख घरधुरी बिजुलीबाट बञ्चित भएका छन् । न्यान्सी वार्ड गभर्नर कार्यालय आपत कालीन सेवाका निर्देशकले क्यालिफोर्नियाले गत पाँच वर्षमा यहाँ सबैभन्दा चुनौतीपूर्ण आँधीको रूपमा यस आँधीलाई लिएको छ ।

बुधबार पत्रकार सम्मेलनमा बोल्दै सान फ्रान्सिस्को मेयर लण्डेन ब्रिडले स्थानीय जनतालाई सम्भावित खतराबाट सतर्क रहन आग्रह गरेका छन् ।

प्रतिक्रिया