पृथ्वी जयन्तीमा पुस २७ गते सार्वजनिक बिदा दिने

काठमाडौं । सरकारले पुस २७ गते पृथ्वी जयन्तीका दिन सार्वजनिक बिदा दिने भएको छ । सरकारको न्यूनतम साझा कार्यक्रम बनाउन गठित मस्यौदा कार्यादल समितिले फाइनल गरेको नीति कार्यक्रममा त्यस सम्वन्धी विषय समेत समेटेर शीर्ष नेतालाई मस्यौदा बुझाउने भएको छ ।
शुक्रवार उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलको अध्यक्षतामा बसेको कार्यादलको फाइनल बैठकले सरकारको न्यूनतम साझा कार्यक्रममा यो विषय समेटेको छ । साझा कार्यक्रममा नेपालको भौगोलिक एकीकरणको ऐतिहासिकतालाई स्मरण र सम्मान गदैं पृथ्वी जयन्तीका दिन पस २७ मा सार्वजनिक बिदा दिने विषय उल्लेख छ ।
माओवादी अध्यक्ष प्रचण्डको नेतृत्वमा सरकार निर्माणका लागि सहयोग गरेको तर सरकारमा सहभागिताका लागि पृथ्वी जयन्तीमा सार्वजनिक बिदा दिनुपर्ने विषयलाई शर्त बनाईरहेको राप्रपाको मागका आधारमा सरकारको साझा न्यूनतम कार्यक्रममा यो विषय समेटिएको हो ।
अव शीर्ष नेताहरुको बैठकले यसलाई अनुमोदन गरेपछि यो विषयमा सरकारले मन्त्रिपरिषद्को बैठकबाट बिदा दिने निर्णय गर्नेछ ।
















राष्ट्रिय लिग फुटबलः सातदोबाटोको पहिलो जित
बाँकेमा चार जनाले फिर्ता लिए उम्मेदवारी
कांग्रेस बदल्यौँ, अब देश बदल्छौँ : सभापति थापा
राष्ट्रियसभा निर्वाचनको सबै तयारी पूरा
Two killed in motorcycle accident in Rautahat
प्यूठानमा रास्वपाबाट युवा अर्थशास्त्री सुशान्त वैदिकको उम्मेदवारी दर्ता
विश्वकप तयारी : पहिलो अभ्यास खेलमा श्रीलंकासँग नेपाल पराजित
देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र
भक्तपुरमा पुरानालाई नयाँको चुनौती : महेश बस्नेतसँग भिड्दै राजीव खत्री र दीपशिखा
प्रतिनिधिसभा निर्वाचनः नेमकिपाले ५९ जिल्लामा दियो उम्मेदवारी
प्रतिक्रिया