सरकारको साझा कार्यक्रम : एक वर्षभित्र राष्ट्रिय परिचयपत्र, एक महिनाभित्र नागरिकता

काठमाडौं । सरकारले एक वर्षभित्र सवै उमेर पुगेका नागरिकलाई राष्ट्रिय परिचयपत्र उपलब्ध गराईसक्ने प्रतिबद्धता जनाउने भएको छ । त्यस्तै सरकारले पूर्णता पाएको एक महिनाभित्र सवै नेपाली नागरिकका सन्तानले नागरिकता नपाउने अवस्थाको अन्त्य गर्ने घोषणा गर्ने भएको छ ।
माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वको सरकारको न्यूनतम साझा कार्यक्रममा यो घोषणासहितको प्रतिबद्धता आउने भएको छ । सरकारको साझा न्यूनतम कार्यक्रमको मस्यौदा बनाउन गठित कार्यादलले यो विषय उल्लेख गरेर मस्यौदालाई अन्तिम रुप दिएको छ । मस्यौदा शीर्ष नेताहरुले भोलि शनिबार अध्ययन गरेपछि प्रधानमन्त्रीले विश्वासको मत लिनु अगावै सार्वजनिक गर्ने तयारी छ ।
मस्यौदामा कुनै पनि नेपाली नागरिक नागरिकता प्रमाणपत्र पाउनबाट र नागरिकका अधिकार उपभोग गर्नबाट वञ्चित हुनु नपरोस् भन्ने सुनिश्चित गर्ने प्रतिबद्धता जनाईएको छ । । त्यसका लागि सरकारले पूर्णता पाएको एक महिनाभित्र नेपाली नागरिकका सन्तानले नागरिकता नपाउने अवस्थाको अन्त्य गर्ने, संसदको पहिलो अधिवेशनबाट नागरिकतासम्बन्धी अन्य समस्या समाधान गर्ने र सबै नेपालीलाई एक वर्षभित्र राष्ट्रिय परिचयपत्र वितरण गरिसक्ने कार्यक्रम उल्लेख गरिएको छ ।
















प्रतिनिधिसभा निर्वाचन : उम्मेदवारी फिर्ताको समय दिउँसो १ बजेसम्म
राष्ट्रपति पौडेलद्वारा वसन्त श्रवण
HoR elections: 88 polling stations ‘sensitive’ in Kavre
41 days to HoR elections: Election symbol to be provided to candidates today
बाटोमा लडेर बाजुरामा एक जनाको मृत्यु
प्यूठानमा रास्वपाबाट युवा अर्थशास्त्री सुशान्त वैदिकको उम्मेदवारी दर्ता
विश्वकप तयारी : पहिलो अभ्यास खेलमा श्रीलंकासँग नेपाल पराजित
भक्तपुरमा पुरानालाई नयाँको चुनौती : महेश बस्नेतसँग भिड्दै राजीव खत्री र दीपशिखा
प्रतिनिधिसभा निर्वाचनः नेमकिपाले ५९ जिल्लामा दियो उम्मेदवारी
प्रतिक्रिया