एकै परिवारका सात जनाको हत्यापछि आत्महत्या
मेरोन्यूज
२०७९ पुष २३ गते ७:०५

लस एन्जलस । श्रीमतीले सम्बन्धविच्छेदको लागि निवेदन दिएपछि एक व्यक्तिले पाँच बच्चासहित सात जनाको परिवारको गोली हानी हत्यापछि आत्महत्या गरका छन् ।
एनोक शहरको सानो उटाह बस्तीमा पुलिसले आठ जनाको शव फेला पारेका थिए । मारिनेमध्य एक चारवर्षीय बालक पनि थिए । मारिने सबैलाई गोली प्रहार भएको प्रहरीले जनाएको छ ।
‘संदिग्ध व्यक्तिले घरमा अन्य सात जनालाई मारेर आफ्नो ज्यान लिएको थियो,’ सहरको एक विज्ञप्तिमा भनिएको छ ।आक्रमणकारी ४२ वर्षीय माइकल हाइट रहेको जनाइएको छ ।
मृत्यु हुनेमा उनकी श्रीमती, सासु, र दम्पतीका पाँच सन्तान छन् । सन्तानहरुमा चार देखि १७ वर्षका तीन छोरी र दुई छोरा थिए ।
एनोक मेयर जेफ्री चेस्नटले स्पष्ट रूपमा वैवाहिक विच्छेदपछि गोलीबारी भएको बताए । प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ ।
सम्बन्धित
















टेक्सासमा गोली हानाहान : २ जनाको मृत्यु, ३ घाइते
प्रधानमन्त्रीले बोलाए संवैधानिक परिषद्को बैठक
पूर्वविशिष्टको दोहोरो सवारीसुविधामा सरकारको निगरानी : विवरण बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयको निर्देशन
एम्बुलेन्सबाट गाँजा बरामद, दुई जना भारतीय नागरिक पक्राउ
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता पठाउँदै राष्ट्रपति
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
प्रतिक्रिया