नेपाल लाइफका अभिकर्तालाई अन्तराष्ट्रिय ख्यातिप्राप्त प्रशिक्षकद्धारा प्रशिक्षण

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले काठमाडौंको आर्मी अफिर्सर क्लबमा एक दिने अभिकर्ता तालिम सम्पन्न गरेको छ ।
अन्तराष्ट्रिय प्रशिक्षकद्धारा प्रशिक्षण दिइएको त्यस कार्यक्रममा देशभरबाट ८ सय जना भन्दा बढी अभिकर्ता तथा एजेन्सी म्यानेजरहरुको सहभागिता रहेको थियो । कार्यक्रमको शुभारम्भ नायब प्रमुख कार्यकारी अधिकृत अमित कयालले गरेका थिए । कार्यक्रममा देश बाहिर रहेर पनि कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले भर्चुअल माध्यमबाट सहभागीलाई स्वागत गरेका थिए ।
उनले सिकाईबाट सहभागीको व्यक्तित्व विकासमा सहयोग पुर्याउनुका साथ साथै व्यवसाय विस्तारका लागि समेत उपयोगी सीपहरु विकास गर्न सहज हुने बताएका थिए ।
नायब महाप्रबन्धक उमापति पोखे्रलले कम्पनीको आगामी रणनीतिको बारेमा प्रकाश पारेका थिए ।
सहभागीहरुलाई प्रशिक्षण दिनका लागि भारतको मुम्बइबाट जीवन बीमाका अन्तराष्ट्रिय ख्यातिप्राप्त प्रशिक्षक तथा सफल जीवन बीमा अभिकर्ता राजेश सतोष्कार उपस्थित थिए । उनले सहभागीहरुलाई प्रशिक्षण दिएका थिए ।
२०७९ असोज मसान्त सम्ममा नेपाल लाइफ इन्स्योरेन्सको लगानी रु. १४९.७६ अर्ब रुपैयाँ रहेको छ भने जीवन बीमाकोष १४२ अर्ब ९ करोड रुपैयाँ र शेयरधनी कोष ११ अर्ब ३ करोडभन्दा बढी रहेको कम्पनीले जनाएको छ ।
कम्पनीमा २,१२,३६२ भन्दाबढी प्रशिक्षित अभिकर्ता रहेका छन् । कम्पनीले आफ्ना सेवाग्राहीहरु तथा ग्राहकहरूका लागि देशभर फैलिएका आफ्ना हाल करिब १ सय ९७ कार्यालय सञ्जालहरू मार्फत जीवन बीमासम्बन्धी सम्पूर्ण सेवा उपलब्ध गराइरहेको जनाएको छ ।
यसका साथसाथै कम्पनीले हालसम्म रु १९७.१८ अर्ब रुपैया बीमा शुल्क आर्जन गरेको छ । नेपालको सर्वाधिक विश्वासिलो नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले २१ वटा बीमा योजना अन्तर्गत ३१,१५,४२० बीमालेख जारी गरेको जनाएको छ ।
















मौसम पूर्वानुमानमा नयाँ उपलब्धिः चीनले सार्वजनिक गर्यो उपग्रह तस्बिर
धुरन्धर – २ ले तीन दिनमा कति कमायाे ?
अमेरिकी–इरानी तनावः ट्रम्पले दिए ४८ घण्टे अल्टिमेटम
बेमौसमी वर्षाका कारण नौ करोड बराबरको काँचो इँटामा क्षति
चाडमा सुडानी ड्रोन आक्रमण, १७ जनाको मृत्यु
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
चैत १३ गते प्रधानमन्त्रीको शपथ लिने बालेनको तयारी
बुवा मजदुरी गर्न साउदी, नेपालमा छोरी सांसद
ज्ञानेन्द्र शाही बने राप्रपा संसदीय दलको नेता
प्रतिक्रिया