ब्राजिलमा संसद भवन, राष्ट्रपति कार्यालय र सर्वोच्च अदालत तोडफोडमा संलग्न १५ सय जना पक्राउ

एजेन्सी। ब्राजिलमा संसद भवन, राष्ट्रपति कार्यालय र सर्वोच्च अदालतमा घुसपैठ र तोडफोडमा संलग्न १५ सय जना पक्राउ परेका छन् । पूर्व राष्ट्रपति जैर बोल्सोनारोका हजारौँ समर्थकले आइतबार साँझ राज्यका ती महत्वपूर्ण निकायमा हमला गरेका थिए ।
ब्रजिलको झण्डाको चम्किलो पहेँलो र हरियो रङ्गको सर्टहरू लगाएका प्रदर्शनकारी राजधानी ब्रासिलियामा रहेका राज्यका तीन शक्तिशाली अंगमा हमला गरेका थिए । राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाले ‘फासिस्ट’ आक्रमणको निन्दा गरेका छन् ।
करिब चार घन्टासम्म त्यहाँ उदण्ड मच्चाएका प्रदर्शनकारीलाई प्रहरीले पछि अश्रुग्यास र लाठी चार्ज गरेर तितरवितर गरेको थियो । ब्राजिलियामा सेनाको मुख्यालयबाहिर रहेको कामचलाउ शिविर भत्काउन सयौं सिपाही र प्रहरी परिचालन भएका छन् ।
प्रदर्शनकारीले भवनको संसद भवनको ढोका र झ्याल तोडफोड गरेका थिए । एउटा भिडियोमा बाहिर एउटा भीडले एक प्रहरीलाई घोडाबाट तानेर भुइँमा कुटेको देखाइएको छ । दंगाकारीलाई तितरवितर गर्न प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो ।
















समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक
क्यानले नेपाल ‘ए’ टोलीले खेल्ने अन्तर्राष्ट्रिय शृङ्खलाको खेल तालिका सार्वजनिक
गहना पसलमा पेस्तोल ताक्दै लुटपाट गर्ने समूहका तीन जना पक्राउ
स्वास्थ्य मन्त्रालयका १९३ पदाधिकारी भए पदमुक्त
सरकार द्वारा राष्ट्रियस्तरका १२ ट्रेड युनियनको दर्ता खारेज
मन्त्रिपरिषद्को बैठक बस्दै, मन्त्रालय मर्ज र खारेजसम्बन्धी खाका पेस गर्ने तयारी
तमिलनाडुका मुख्यमन्त्री बन्दै विजय थलापति !
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
युएइमाथी फेरी इरानले गर्यो मिसाइल र ड्रोन आक्रमण
प्रतिक्रिया