सेनाका गजेन्द्र राई बने गोरखाका नयाँ राजा

पोखरा। पृथ्वी जयन्तीका दिन आयोजना गरिएको म्यान अफ दी गोरखा नेपाली सेनाका गजेन्द्र राईले जितेका छन् । दौडेर राजा हुने परम्पराको सम्झतामा पृथ्वी जयन्तीका दिन दौड प्रतियोगिता आयोजना गरिएको हो ।
द्रव्य शाहले दौडेर राजा बनेको पस्लाङको चौतारादेखि गोरखा दरबारसम्म ८ किलोमिटर दौड राईले ३० मिनेट ६ सेकेण्डमा पूरा गरेका हुन् ।
उनलाई द्रव्य शाहको पगरीसहित पुरानो समयकै पोशाक लगाइदिएर सम्मान गरिएको छ । उनलाई झाँकी र र्याली सहित नगर परिक्रमा गरिनेछ । दौडमा सेनाकै मोहनदेव जोशीले ३० मिनेट ५७ सेकेण्डमा दौड पूरा गरी दोश्रो भए भने सेनाकै टंक कार्कीले ३१ मिनेट १३ सेकेण्डमा दौड पूरा गरेर तेस्रो भए ।
सशस्त्र प्रहरी क्लवका राजेन्द्र तामाङले ३१ मिनेट ३५ सेकेण्डमा र गोरखा नगरपालिकाका नवराज गुरुङले ३३ मिनेटमा दौड पूरा गरी सान्त्वाना भएका प्रतियोगिता संयोजक चन्दनबाबु खत्रीले जानकारी दिए । दौडमा १६ जना सहभागी थिए ।
म्यान अफ दि गोरखाका विजेतालाई ३० हजार नगद सहित पुरस्कृत गरिनेछ । दोस्रोलाई २० हजार, तेस्रोलाई १० हजार र सान्त्वनालाई ५ हजार पुरस्कारको व्यवस्था गरिएको छ ।
















जम्मु कश्मीरमा हिम–पहिरो, ७ जनाको मृत्यु
ग्रीसको समुन्द्री तटमा फसेको डुङ्गामा ६ दिन पछि २२ जना आप्रवासीको मृत्यु
छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु
प्रधानमन्त्रीद्वारा भारत र पाकिस्तानका नेताहरुप्रति कृतज्ञता व्यक्त, सहकार्यको प्रतिबद्धता
मेक्सिकोमा हराएका एक लाख ३० हजार मध्ये करिब ४० हजार अझै जीवित
जेनजी आन्दोलनको प्रतिवेदनसहित तीन वटा दस्तावेज सार्वजनिक गर्ने प्रधानमन्त्रीको निर्णय
पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर १५ रुपैयाँले मुल्य बढ्यो
सिरहा हत्या प्रकरण : ५४ दिनमा पनि पत्ता लागेन दोषी
तीन महिनाका लागि एन्फा निलम्वन
प्रतिक्रिया