इन्डोनेसियामा ६.० म्याग्निच्युडको भूकम्प
मेरोन्यूज
२०७९ माघ २ गते ८:१०

जकार्ता । इन्डोनेसियाको सुमात्रा टापुको तटीय क्षेत्रमा सोमबार बिहान ६.० म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षणले जनाएको छ ।
भूकम्पको केन्द्रविन्दु आचे प्रान्तको सिंगकिल सहरबाट ४८ किलोमिटर (३० माइल)दक्षिणपूर्वमा ४८ किलोमिटर गहिराइमा रहेको युएसजीएसले जनाएको छ । भूकम्पले पु–याएको मानवीय क्षतिको विवरण सार्वजनिक हुन बाँकी छ ।भूकम्पपछि सुनामीको चेतावनी भने दिइएको छैन् ।
एन्डोनेसियाले प्रशान्त महासागरको ‘रिङ अफ फायर’मा रहेको स्थानको कारणले बारम्बार भूकम्प र ज्वालामुखी गतिविधिको अनुभव गर्छ ।
नोभेम्बर २१ मा जाभाको मुख्य टापुको जनसंख्या भएको पश्चिम जाभा प्रान्तमा ५.६ म्याग्निच्युडको भूकम्प जाँदा ठूलो क्षति भएको थियो ।एजेन्सी
सम्बन्धित









काठमान्डु गोर्खाजले टस जित्यो, पहिले ब्याटिङ गर्दै जनकपुर
काम नगरेका सडकसम्बन्धी २५ रुग्ण ठेक्का तोडियो
सर्वोच्च अदालत आजदेखि पूर्ण रूपमा सञ्चालन
आज कात्तिक कात्तिक २९ गते शनिबार, कस्ताे रहला तपाइकाे राशिफल ?
नेपाली कम्युनिस्ट पार्टीले पायो दल दर्ताको प्रमाणपत्र
भण्डारीले गरे नेपाली समाज टेक्सासको अध्यक्षमा उमेदवारी घोषणा
जेनजी आन्दोलनका अमर प्रहरी राय, यही वर्ष जापान जाने तयारीमा थिए
प्रतिक्रिया