बुर्ज खलिफामा देखाइयो पठानको ट्रेलरः शाहरुख खान पनि उपस्थित

सुपरस्टार शाहरुख खानको फिल्म ‘पठान’ को ट्रेलर शनिबार (१५ जनवरी) राति विश्वको सबैभन्दा अग्लो बुर्ज खलिफामा रिलिज देखाइएको छ । यो पल हिन्दी सिनेमा र शाहरुखका सबै फ्यानका लागि निकै विशेष छ । त्यहाँ शाहरुखले आफ्नो सिग्नेचर पोज पनि दिएका थिए । यस विशेष अवसरमा शाहरुख खान पनि उपस्थित थिए । यस क्रममा शाहरुख म्याचिङ ज्याकेट र कालो क्याजुअलमा देखिएका थिए ।
शाहरुख खान करिब चार वर्षपछि पठानका साथ ठूलो पर्दामा फर्किएका छन् । शाहरुख यसअघि २०१८ मा फिल्म ‘जिरो’ मा देखिएका थिए । लिडको रूपमा, उनी पठानबाट कमब्याक गर्न लागेका छन्। फिल्मको बजेट करिब २५० करोड रहेको छ । फिल्मको मिडिया अधिकार करिब १०० करोडमा बिक्री भएको छ ।
यो फिल्ममा शाहरुख बाहेक दीपिका पादुकोण र जोन अब्राहम पनि छन् । यशराज फिल्म्सको ब्यानरमा बनेको यो फिल्मलाई सिद्धार्थ आनन्दले निर्देशन गरेका हुन् । यशराज फिल्म्सले यसअघि एक था टाइगर, टाइगर जिन्दा है र वार जस्ता स्पाइ थ्रिलर फिल्म बनाएको छ । अब यो सूचीमा पठानको नाम पनि थपिने भएको छ ।
पठान २५ जनवरीमा हलमा रिलिज हुँदैछ ।









भियतनाममा भीषण बाढी, कम्तीमा ९० जनाको मृत्यु
सर्वोच्च अदालत तोडफोड र आगजानी गर्ने दुई जना पक्राउ
छुटे दुर्गा प्रसाईं
भ्रष्ट्राचारमा शून्य सहनशिलता अपनाउन मन्त्री खरेललाई गृह जिल्लावासीको आग्रह
कास्कीको अन्नपूर्ण आसपास भूकम्प
आज २०८२ साल मंसिर ५ गते शुक्रबारको राशिफल
आज २०८२ साल मंसिर ६ गते शनिबारको राशिफल
सुशीलाजी राणा शासनभन्दा कडा निस्किनु भाे : ओली
एनपीएलमा सुदूरपश्चिमकाे लगातार दोस्रो जित
बङ्गलादेशमा ५.५ म्याग्निच्युडको भूकम्प, कम्तीमा ६ जनाको मृत्यु
प्रतिक्रिया