जापान– भारत संयुक्त लडाकू विमान अभ्यास

जापान र भारतले रक्षा र सुरक्षा सम्बन्धलाई स्तरोन्नति गर्ने क्रममा टोकियोनजिक सोमबार आफ्नो पहिलो संयुक्त लडाकू जेट विमानको संयुक्त अभ्यास सुरु गरेका छन् ।
एघार दिने संयुक्त अभ्यासमा आठ जापानी लडाकु विमान समावेश हुनेछन् भने यसमा भारतले चार लडाकु विमान, दुईवटा यातायात विमान र एउटा हवाई इन्धन भर्ने ट्याङ्कर पठाउने जापानको रक्षा मन्त्रालयले जनाएको छ । टोकियोको उत्तरपूर्वी इबाराकी प्रान्तको हयाकुरी एयर बेसमा करिब १५० भारतीय वायुसेनाका जवानले अभ्यासमा भाग लिइरहेका छन् ।
सन् २०१९ मा जापानी र भारतीय रक्षा र विदेश मन्त्रीहरुबीचको वार्ताको क्रममा दुई देशले यो अभ्यासमा सहमति जनाएका थिए । तर यसअघि महामारीका कारण ढिला भएको बताइएको छ । टोकियोले हालैका महिनाहरूमा संयुक्त सैन्य अभ्यास राखेको छ । साथै आफ्नो रक्षा र सुरक्षा रणनीतिलाई परिमार्जन गरेको छ र स्पष्ट रूपमा चीनको बारेमा आफ्ना चिन्ता पनि समय समयमा व्यक्त गर्ने गरेको छ ।
भारत र जापानले चीनको बढ्दो सैन्य शक्तिलाई ध्यानमा राखेर यो संयुक्त अभ्यास गरिएको जनाएका छन् ।
















प्रधानमन्त्रीले बोलाए संवैधानिक परिषद्को बैठक
पूर्वविशिष्टको दोहोरो सवारीसुविधामा सरकारको निगरानी : विवरण बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयको निर्देशन
एम्बुलेन्सबाट गाँजा बरामद, दुई जना भारतीय नागरिक पक्राउ
संविधान संशोधन कार्यदलले पूर्वमहान्यायाधीवक्ताहरुसँग छलफल गर्दै
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता पठाउँदै राष्ट्रपति
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
प्रतिक्रिया