विमान दुर्घटना : सनाखत नभएका शव आज काठमाडौंको त्रिवि शिक्षण अस्पतालमा ल्याइँदै
मेरोन्यूज
२०७९ माघ ३ गते ७:५३
पोखरा । पोखरामा आइतबार भएको यती एयरलाइन्सको विमान दुर्घटनामा निधन भई पहिचान हुन नसकेका, आफन्त काठमाडौंमा भएका, विदेशी नागरिक र चालकदलका सदस्यको शव आज काठमाडौं ल्याइने भएको छ ।
दुर्घटनामा परेकामध्ये पहिचान भएको २४ जनाको शव पोखरामा परीक्षण गरिने र बाँकीको नेपाली सेनाको हेलिकोप्टरबाट आज बिहान ८ बजे काठमाडौं ल्याउन लागिएको हो । हालसम्म ७० जनाको शव फेला परेको छ । दुई जनाको शव अझै फेला परेको छैन । पहिचान भएका शव आफ्न्तलाई बुझाईने छ । भने पहिचान हुन नसकेका शवको त्रिवि शिक्षण अस्पतालमा थप परीक्षण गरिनेछ ।
सम्बन्धित
















अमेरिकासँगको वार्ताका लागि स्लामाबाद पुग्यो इरानको प्रतिनिधिमण्डल
रुसी पूर्वमन्त्री पोपोभलाई १९ वर्ष जेल सजाय
यस्तो छ आजका लागि कृषिउपजको मूल्य
स्रोत नखुलेको ६ लाखसहित दुई जना पक्राउ
टोखामा बिस्केट जात्रा अगामी वैशाख १ देखि ४ गतेसम्म मनाइने
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण
वैदेशिक रोजगार उद्धार नेपाल काठमाडौँ संस्थाका सञ्चालक गोले पक्राउ
देउवाले भने- म र मेरो परिवारको सम्पत्तिबारे भ्रामक र झुटा प्रचारबाजी भयो
सार्वजनिक यातायातको भाडा बढ्यो, कुन रुटमा कति पुग्यो ? (सूचीसहित)
प्रतिक्रिया