प्रचण्ड नेतृत्वको यस्तो बन्यो सरकार (सूचीसहित)

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले आज दोस्रो पटक मनित्रपरिषद् विस्तार गरेको छ । दुई मन्त्रालय अझैं आफैसाग राखेर प्रधानमन्त्री प्रचण्डले आज दोस्रो पटक आफनो नेतृत्वको मनित्रमण्डल विस्तार गरेका हुन् ।
उनको सरकारमा ४ जना उपप्रधानमन्त्री छन् । ३ जना भने राज्यमन्त्री छन् ।
प्रचण्ड एमाले, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी लगायतका दलको साथ र समर्थनमा पुस १० गते प्रधानमन्त्री नियुक्त भएका थिए । उनले पुस ११ मा शपथ ग्रह्ण गर्दा नै पहिलो चरणमा ८ सदस्यीय मन्त्रिमण्डल गठन गरेका थिए ।
पुस २६ मा संसदमा विश्वासको मत लिने क्रममा भने प्रधानमन्त्रीले राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसी र नेपाल मजदूर किसान पार्टी नेमकिपाका प्रेम सुवाल बाहेक सवै उपस्थित सांसदहरुबाट विश्वासको मत प्राप्त गरेका थिए ।
तर सरकार निर्माणका क्रममा नागरिक उन्मुक्ति सहभागी छैन । उसले पार्टीका सस्थापक नेता रेशम चौध्री लगायतको रिहाईको माग गरिरहेको छ । जसपा भने सत्ता गठबन्धनमा भागवन्डा लगाउँदा प्राप्त गरेको २ मन्त्रालयमा असन्तुष्ट भई मंगलबार सरकारमा सहभागी भएन । यधपी, उसका लागि २ मन्त्रालय भने प्रधानमन्त्रीले अझै आफैसाग राखेर सुरक्षित राखेका छन् ।
जसपा सरकारमा सहभागी नभए ती दुई मन्त्रालय एमाले र माओवादीका बीचमा एक एक वटा भागबन्डा लगाउने तयारीमा प्रधानमन्त्री छन् ।
प्रचण्डको क्याबिनेटमा गृह, पराराष्ट्र लगायतका महत्वपूर्ण मन्त्रालय यसपटक नयाँ अनुहारले प्राप्त गरेका छन् । सरकारमा एमालेबाट ८, आफनो पार्टी माओवादीबाट आफु बाहेक ४ मन्त्री र एक राज्यमन्त्री, राप्रपा र राष्ट्रिय स्वतनत्र पार्टीबाट तीन तीन मन्त्री र एक एक राज्यमन्त्रीलाई सहभागि गराएका छन् ।
यस्तो छ प्रचण्ड नेतृत्वको मन्त्रिमण्डल


















म्याग्दीमा उज्यालो नेपालले महावीर पुनलाई सघाउने
कान्तिलोकपथ सडकमा ठोक्यिो ट्रक र स्कुटर, एक जनाको मृत्यु
ललितपुरमा दुई लाख ६९ हजार मतदाता, ७४ उम्मेदवार
सर्लाहीमा १५८ मतदानस्थल अतिसंवेदनशील
टीकापुर महोत्सवमा टिकट बिक्रीबाट ५० लाख आम्दानी
देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र
प्यूठानमा रास्वपाबाट युवा अर्थशास्त्री सुशान्त वैदिकको उम्मेदवारी दर्ता
भक्तपुरमा पुरानालाई नयाँको चुनौती : महेश बस्नेतसँग भिड्दै राजीव खत्री र दीपशिखा
बालेनले बिहान ११ बजे, ओलीले दिउँसो १ बजे उम्मेदवारी दर्ता गराउँदै
ओलीले दर्ता गराए उम्मेदवारी (भिडियाेसहित)
प्रतिक्रिया