एस टी–२० क्रिकेट लिगको उपाधि पुल्चोक क्रिकेट क्लबले उचाल्यो

भक्तपुर । भक्तपुरको सल्लाघारीस्थित सैनिक महाविद्यालयको क्रिकेट मैदानमा आज सम्पन्न एस टी–२० क्रिकेट लिगको उपाधि पुल्चोक क्रिकेट क्लबले हात पारेको छ ।
एस स्पोर्ट्स एण्ड इभेन्ट्स प्रालिले पुस २७ गतेदेखि आयोजना गरेको लिगको आजको फाइनल खेलमा किङ्ग्स क्रिकेट क्लबलाई हराउँदै नगद रु ४५ हजारसहितको उपाधि हात पारेको हो ।
खेलमा उपाधि हात पार्ने पुल्चोक क्रिकेट क्लब तथा दोस्रो हुने किङ्ग्स क्रिकेट क्लबलाई सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य सोविता गौतम र प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले मेडल तथा शिल्ड प्रदान गरे ।
प्रतियोगितामा उत्कृष्ट खेलाडी तथा खेलको म्यान अफ द म्याच सागर थापा घोषित भए भने नवीन यादव, सुवास खत्रीले उत्कृष्ट बलरको उपाधि हात पारे । उपत्यकाका विभिन्न क्लबका आठ टिम सहभागी प्रतियोगिता युवालाई क्रिकेट खेलप्रति रुचि जगाउन र नेपालको नाम विश्वमा उच्चरूपमा राख्ने अभिप्रायले आयोजना गरेको आयोजक प्रमुख एवं १९ वर्षीय क्रिकेट खेलाडी सर्वोच्च बस्नेतले बताए ।
कोरोना महामारीपछि उपत्यकामा यस्ता प्रकारको खेल आयोजना हुन छाडेपछि खेल प्रेमीमा उत्साह ल्याउन प्रतियोगिता आयोजना गरिएको उनले बताए । एस स्पोर्ट्स चर्चित क्रिकेट खेलाडी र क्रिकेटप्रेमी मिलेर सञ्चालनमा आएको हो ।
केही महिनाअघि ललितपुरमा मुलुकमै पहिलोपल्ट इन्डोरको फुल कोर्टमा प्रतियोगिता गराएर चर्चा आएको एस स्पोर्ट्सले नयाँ युवालाई प्रतियोगितामा सहभागिता गराएर खेलमा आकर्षक बनाएको आयोजक संस्थाका निर्देशक सुनिलकुमार ठकुरीले बताए ।















युवा सांसद भन्छन्– ‘नयाँ पुस्ताको परिवर्तनको आकांक्षा नै हाम्राे एजेण्डा’
प्रतिनिधिसभा सदस्यको शपथमा जे देखियो…
नेप्सेद्वारा मार्जिन कारोबार कार्यप्रक्रिया लागू
ट्रम्पको दाबी खारेज गर्दै इरानले भन्यो- ‘कुनै वार्ता र सहमती भएको छैन’
भुटानमाथि नेपालको २–१ को जित
एमालेद्वारा निर्वाचनको समीक्षा प्रतिवेदन पठाउन निर्देशन
बक्स अफिसमा तहल्का मच्चाउँदै धुरन्धर २, अहिलेसम्मकाे कमाइ कति ?
प्रतिक्रिया