राष्ट्रिय वाणिज्य बैंक र घोराही उपमहानगरबीच सहुलियतपूर्ण कर्जामा सहकार्य गर्ने सम्झौता

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र दाङ जिल्लाको घोराही उपमहानगरपालिकाबीच सम्झौता भएकाे छ । यी बीच सहुलियतपूर्ण कर्जामा सहकार्य गर्ने सम्झौता भएको हाे ।
बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र घोराही उपमहानगरपालिकाका नगर प्रमुख नरुलाल चौधरीले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।
सम्झौता पछि उपमहानगरपालिकाले आफ्नो क्षेत्र भित्र उद्यम तथा व्यवसाय गर्न चाहने व्यक्तिलाई परामर्श र उद्यमशीलता सम्बन्धी आवश्यक तालिमको व्यवस्थापन गर्ने गरी तालिम प्राप्त व्यक्तिलाई कर्जाको लागि बैंकमा सिफारिस गर्ने छ र सोहीे उद्यमीहरुलाई बैंकले नियमानुसार सहुलियपूर्ण कर्जा अन्तर्गत कर्जा लगानी गर्ने छ ।
सम्झौताले नेपाल सरकार अर्थ मन्त्रालयबाट जारी भएको सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी एकीकृत कार्यविधि, २०७५(संशोधन समेत) अन्तर्गतको कर्जा कार्यान्वयनमा सहयोग पुर्याउने विश्वास लिइएको छ ।
उक्त कार्यक्रममा उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत भोजराज घिमिरे, सल्लाहकार अरुणकुमार शर्मा, बैंकका उपकार्यकारी अधिकृत विनयरमण पौडेल तथा कर्मचारीहरु उपस्थिति रहेको थियो ।
















कोशी अस्पतालमा ‘ब्लड बैंक’ स्थापनाको तयारी
राना थारू समुदायमा परम्परागत पहिरन लगाउने चलन लोप हुँदै
रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता प्रकरणको रिटमा आज सर्वोच्चमा सुनुवाइ
Pokhara targets cities of eastern Nepal to receive domestic tourists
आज गोलभेँडा र रायोसागकाे मूल्य प्रतिकिलो रु ८०,अन्य तरकारिकाे मूल्य कती ?
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
इरानद्वारा डिएगो गार्सियामा क्षेप्यास्त्र प्रहारपछि किन आत्तियाे अमेरिका ?
सुनचाँदीकोे मूल्य निरन्तर ओरालोतिर, आज कतिमा काराेबार हुँदैछ ?
रास्वपाले संसदीय दलको नेताका लागि निर्वाचन नगर्ने
सर्वोच्च नेता खामेनी भन्छन्- इरानका शत्रुहरूले गलत हिसाब गरे
प्रतिक्रिया