चिकित्सक संघको नेतृत्व छनौटका लागि आजबाट मतदान सुरु हुँदै
काठमाडौं । नेपाल चिकित्सक संघको नयाँ नेतृत्व छनौट गर्न आजबाट निर्वाचन सुरु हुँदैछ । संघको केन्द्रीय कार्यकारिणी समिति २०७९–०८२ निर्वाचन अन्तरगर्त आज र भोली काठमाडौँ उपत्यका बाहिरका १६ वटा शाखामा निर्वाचन हुँदैछ । यसपटकको निर्वाचनमा डा. सन्तोष पौडेलको अध्यक्षतामा पेशागत समावेशी समूह, डा. अनिलबिक्रम कार्कीको नेतृत्वमा लोकतान्त्रिक समूह र डा. शिवजी शिलवालको नेतृत्वमा स्वतन्त्र समूह गरी तीन वटा प्यानल चुनावमा उत्रिएका छन्।
प्रमुख निर्वाचन अधिकृत डा.धनबहादुर राना मगरका अनुसार तोकिएका स्थानमा आज र भोली विहान ९ देखि ४ बजेसम्म निर्वाचन हुँदैछ । काठमाडौँ उपत्यकामा भने आगामी १९, २० र २१ माघ गरी तीन दिन निर्वाचन हुनेछ ।
यसपटकको निर्वाचनमा १२ हजार ८३५ जना चिकित्सक सहभागी हुन पाउँछन् । विगतमा जस्तै एक केन्द्रमा मतदान गर्नुपर्ने चिकित्सकले अत्यावश्यक परेमा निवेदन दिई अन्यत्रको केन्द्रमा गएर मतदान गर्न सक्ने निर्वाचन समितिले जनाएको छ ।
एक अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, सात उपाध्यक्ष (प्रदेश संयोजक) एक महासचिव, एक सहसचिव, एक कोषाध्यक्ष, एक सहकोषाध्यक्ष सहित १९ पदका लागि निर्वाचन तय गरिएको छ। जसमा एक वरिष्ठ उपाध्यक्ष, तीन उपाध्यक्ष, एक कोषाध्यक्ष, एक सहसचिव, एक सहकोषाध्क्ष सहित ७ जना यसअघि नै निर्विरोध निर्वाचित भइसकेका छन् भने अध्यक्ष सहित १२ पदका लागि मात्र निर्वाचन हुदैछ।
















अमेरिकासँगको वार्ताका लागि स्लामाबाद पुग्यो इरानको प्रतिनिधिमण्डल
रुसी पूर्वमन्त्री पोपोभलाई १९ वर्ष जेल सजाय
यस्तो छ आजका लागि कृषिउपजको मूल्य
स्रोत नखुलेको ६ लाखसहित दुई जना पक्राउ
टोखामा बिस्केट जात्रा अगामी वैशाख १ देखि ४ गतेसम्म मनाइने
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण
वैदेशिक रोजगार उद्धार नेपाल काठमाडौँ संस्थाका सञ्चालक गोले पक्राउ
देउवाले भने- म र मेरो परिवारको सम्पत्तिबारे भ्रामक र झुटा प्रचारबाजी भयो
प्रतिक्रिया