चिकित्सक संघको नेतृत्व छनौटका लागि आजबाट मतदान सुरु हुँदै
काठमाडौं । नेपाल चिकित्सक संघको नयाँ नेतृत्व छनौट गर्न आजबाट निर्वाचन सुरु हुँदैछ । संघको केन्द्रीय कार्यकारिणी समिति २०७९–०८२ निर्वाचन अन्तरगर्त आज र भोली काठमाडौँ उपत्यका बाहिरका १६ वटा शाखामा निर्वाचन हुँदैछ । यसपटकको निर्वाचनमा डा. सन्तोष पौडेलको अध्यक्षतामा पेशागत समावेशी समूह, डा. अनिलबिक्रम कार्कीको नेतृत्वमा लोकतान्त्रिक समूह र डा. शिवजी शिलवालको नेतृत्वमा स्वतन्त्र समूह गरी तीन वटा प्यानल चुनावमा उत्रिएका छन्।
प्रमुख निर्वाचन अधिकृत डा.धनबहादुर राना मगरका अनुसार तोकिएका स्थानमा आज र भोली विहान ९ देखि ४ बजेसम्म निर्वाचन हुँदैछ । काठमाडौँ उपत्यकामा भने आगामी १९, २० र २१ माघ गरी तीन दिन निर्वाचन हुनेछ ।
यसपटकको निर्वाचनमा १२ हजार ८३५ जना चिकित्सक सहभागी हुन पाउँछन् । विगतमा जस्तै एक केन्द्रमा मतदान गर्नुपर्ने चिकित्सकले अत्यावश्यक परेमा निवेदन दिई अन्यत्रको केन्द्रमा गएर मतदान गर्न सक्ने निर्वाचन समितिले जनाएको छ ।
एक अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, सात उपाध्यक्ष (प्रदेश संयोजक) एक महासचिव, एक सहसचिव, एक कोषाध्यक्ष, एक सहकोषाध्यक्ष सहित १९ पदका लागि निर्वाचन तय गरिएको छ। जसमा एक वरिष्ठ उपाध्यक्ष, तीन उपाध्यक्ष, एक कोषाध्यक्ष, एक सहसचिव, एक सहकोषाध्क्ष सहित ७ जना यसअघि नै निर्विरोध निर्वाचित भइसकेका छन् भने अध्यक्ष सहित १२ पदका लागि मात्र निर्वाचन हुदैछ।
















कसुरजन्य सम्पत्तिको एकीकृत विवरणका लागि प्रणाली यथाशीघ्र विकास गर्नुहोस्ः गृहमन्त्री अर्याल
अर्कैको नाममा प्रहरी जवानको परीक्षा दिने १२ जना पक्राउ
लाखौँ भक्तजन साँखुस्थित शालीनदीमा (फाेटाेफिचर), अश्वमेध यज्ञ गरी माधवनारायण मेला समापन गरिने
नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने गिरोह पक्राउ
बालेन शाहको काठमाडौंस्थित घरमा चोरी,अनुसन्धान गर्दै प्रहरी
एकैदिन २० हजार ५ सयले घट्यो सुनको भाउ
राष्ट्रपति पौडेल जापान जाँदै, यस्तो छ भ्रमण तालिका
संसद् पुनर्स्थापनाको मुद्दाबारे अविलम्व फैसला गर्न ओलीको माग
अमेरिकालाई खुसी पार्न भेनेजुएलामा राजनीतिक बन्दी रिहाइ हुने आममाफी विधेयक प्रस्तुत
प्रतिक्रिया