श्रीलंकामा मार्चमा स्थानीय परिषद्को निर्वाचन हुने
मेरोन्यूज
२०७९ माघ ७ गते २०:१९
काठमाडौँ । श्रीलंकाको राष्ट्रिय निर्वाचन आयोगले आगामी मार्च ९ मा स्थानीय परिषद्को निर्वाचन हुने घोषणा गरेको छ ।
आयोगले श्रीलंकाका सबै जिल्लाका लागि नयाँ नगर प्रमुख र स्थानीय परिषद् सदस्य चयनका लागि निर्वाचनको मिति तय गरेको हो ।
आयोगका अनुसार प्रमुख सबै राजनीतिक दलले शनिबार दिउँसो तोकिएको समयावधि सकिनै लाग्दासम्म प्रतिस्पर्धाका लागि मनोनयन पत्र बुझाएका छन् ।
राष्ट्रपति रानिल विक्रमासिङ्घेको युनाइटेड नेसनल पार्टी र पूर्वप्रधानमन्त्री महिन्दा राजापाक्षेको श्रीलंका पोदुजाना पेरामुनाले मार्चमा हुने चुनावमा भाग लिनका पहिलो पटक गठबन्धन गर्न सहमत भएका छन् ।
उनीहरूको मुख्य लडाइँ साजिथ प्रेमदासाको नेतृत्वमा रहेको विपक्षी समागी जन बलवेगयासँग हुनेछ । चुनावका लागि केही साना राजनीतिक दलले पनि गठबन्धन बनाएका छन् ।
सम्बन्धित















मन्त्री वादीसँग राजदूत लोरेन्जोको शिष्टाचारबीच
नौ महिनामा एक हजार बढीको शल्यक्रिया
कीर्तिपुर हत्या प्रकरण : तीन जना पक्राउ
फेवातालमा फसेका पाँच भारतीयको सशस्त्रद्वारा सकुशल उद्धार
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया