योगिनी कप फुटबल प्रतियोगिता हुने

नेपालगन्ज । योगिनी कप फुटबल प्रतियोगिताको दोस्रो संस्करण हुने भएको छ । योगिनी युवा क्लबको आयोजनामा हुन लागेको प्रतियोगिता फागुनको अन्तिम सातामा हुने भएको हो ।
प्रतियोगिता खजुरा गाउँपालिका वडा नम्बर २ स्थित योगिनी उच्च माविको खेल मैदानमा हुनेछ । प्रतियोगिता आयोजना मिति र पुरस्कार रकमबारे क्लबको आगामी बैठकले निर्णय गर्ने आयोजकले बताएको छ ।
गत शनिबार बसेको क्लबको बैठकले प्रतियोगिता आयोजनाको तयारी अगाडी बढाउने निर्णय गरेको अध्यक्ष तरिन्द्रबहादुर थापाले बताए ।
। बाँके जिल्ला फुटबल संघको प्राविधिक सहयोगमा हुने प्रतियोगितामा लुम्बिनी प्रदेश र सुदुरपश्चिम प्रदेशका क्लबहरुले सहभागिता जनाउने आयोजकले बताएको छ । यसपटक प्रतियोगितामा करिब १५ क्लबको सहभागिता रहने क्लबका अध्यक्ष थापाले बताए ।
प्रतियोगितालाई व्यवस्थित तरिकाले अगाडी बढाउन संयोजक र उप–संयोजक मनोनित गरिएको छ । प्रतियोगिताको संयोजकमा हरि बहादुर बुढाक्षेत्री र सह–संयोजकमा ईश्वरलाल खत्रीलाई क्लबको बैठकले मनोनित गरेको छ ।
नेपाल आईस योगिनी कप फुटबल प्रतियोगिताको पहिलो संस्करण २०७७ सालमा भएको थियो ।
















विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने
यस्ता छन् बालेन सरकारको शासकीय सुधारका सय कार्यसूची
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
काठमाडौँमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
जलेर नष्ट भएका तेह्र हजार बढी लालपुर्जाको स्रेस्ता कायम
नेप्सेद्वारा मार्जिन कारोबार कार्यप्रक्रिया लागू
प्रतिक्रिया