बलिउड अभिनेत्री अथिया र क्रिकेटर केएल राहुल आज विवाह गर्दै

बलिउड अभिनेत्री आथिया शेट्टीले क्रिकेटर केएल राहुलसँग आज अर्थात २३ जनवरीमा विवाह गर्दैछिन् । दुवै विगत ३ वर्षदेखि एकअर्कालाई डेट गर्दै आएका छन् र केही महिनादेखि डेटिङ र छुट्टीका कारण चर्चामा छन् ।
यद्यपि क्रिकेटर र अभिनेत्रीको यो पहिलो जोडी भने होइन । क्रिकेट र बलिउड बिचको सम्बन्ध सन् १९६८ को हो जब उनको युगकी शीर्ष अभिनेत्री शर्मिला टैगोरले टीम इन्डिया क्रिकेट टिमका नवाब र कप्तान मन्सूर अली खान पटौदीसँग विवाह गरेकी थिइन्। दुई फरक ठूला क्षेत्रको शर्मिला-मन्सुरको जोडीलाई मन पराइयो र सफल पनि भयो ।
यसपछि रीना राई, संगीता बिजलानी, गीता बसरा, अनुष्का शर्मा जस्ता धेरै अभिनेत्रीहरु क्रिकेटरहरुसँग बस्न थाले । त्यही समयमा अमृता सिंह, सुस्मिता सेन, दीपिका पादुकोण जस्ता धेरै अभिनेत्रीहरु थिए जसको क्रिकेटरहरुसँग प्रेम सम्बन्ध थियो तर उनीहरुको सम्बन्ध विवाहसम्म पुग्न सकेन ।
अथिया शेट्टी र केएल राहुलको संगीत समारोह आइतबार भएको थियो। रिपोर्टका अनुसार याे जोडीले विवाहमा नो फोन नीति राखेका छन्। कुनै पाहुनालाई फोन बोक्न अनुमति छैन। तर अहिले पनि विवाहस्थलबाट यिनको संगीत समारोहका भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् ।
भिडियोमा सुनील शेट्टीको खण्डालाको बंगलालाई बत्तीले सजाइएको देखिन्छ । अथिया र केएल राहुलको विवाह स्थलमा पाहुनाको हलचल स्पष्ट देख्न सकिन्छ । सबैजना परम्परागत पहिरनमा सजिएका छन् ।


















चिनियाँ राजदूतसँग गृहमन्त्री सुदनले भने-‘सरकार एक चीन नितीप्रति प्रतिवद्ध छ’
आफूविरुद्ध दुष्प्रचार गरिएको भन्दै खुस्बु ओलीले दिइन साइबर ब्युरोमा उजुरी
पैठारी गरिने वस्तुमा अधिकतम् खुद्रा मूल्य अनिवार्य गरिने
५५० किलाेमिटर रेन्ज दिने एलएस अटोको ‘एलईभी एक्स’ नेपाली बजारमा
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
इस्लामावादमा इरान–अमेरिका वार्ता सुरु
होर्मुजतर्फ आउँदै गरेको अमेरिकी युद्धपोतलाई इरानले फर्काइदियो
इरानी प्रतिनिधिलाई सैन्य पोशाकमा र अमेरिकीलाई सुटमा स्वागत गरे पाकिस्तानी सेना प्रमुखले
अमेरिकासँगको वार्ताका लागि स्लामाबाद पुग्यो इरानको प्रतिनिधिमण्डल
प्रतिक्रिया