स्वास्थ्य बीमा बोर्डले मुद्दती निक्षेपमा लगानी गर्ने

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । बोर्डले बोर्डको स्वास्थ्य बीमा कोषमा रहेको रकमलाई ३ महिने मुद्दती निक्षेप तथा कलरजनरल निक्षेपमा लगानी गर्ने भएको हो ।
नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त ‘क’ वर्गका वाणिज्य बैंक तथा वित्तीय संस्थाहरुले आफूले लिन चाहेको रकम र ब्याजदर उल्लेख गरी सिलबन्दी दरभाउपत्र सम्बन्धी फाराम भरी गोप्य शिबन्दी पेस गर्न आग्रह गरेको छ ।
नेपाल राष्ट्र बैंकले शीघ्र सुधारात्मक कारबाही वा समस्याग्रस्त संस्थाको रुपमा घोषणा नगरेको, नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार चुक्ता पुँजी कायम रहेको, कर्जा निक्षेप अनुपात नेपाल राष्ट्र बैंकको सीमाभित्र भएको, विगत ३ वर्षदेखि नाफामा संचालित भएको र संचित नोक्सानी नभएको र निष्कृय कर्जा अनुपात ५ प्रतिशतभन्दा कम भएको हुनुपर्ने शर्तहरु बोर्डले राखेको छ ।
बोर्डले माघ १२ भित्र शिलबन्दी दरभाउ पत्र दर्ता गर्नका लागी सार्वजनिक सूचनामार्फत् आह्वान गरेको छ ।
















दुग्ध उत्पादक किसानले ५५ करोड भूक्तानी पाएनन्
इरान–इजरायल तनाव थप चर्कियो
सुनको मूल्य घट्यो, चाँदीको बढ्यो, आज कतिमा काराेबार हुँदैछ ?
भैरहवामा महिलाको हत्या अभियोगमा किशोर पक्राउ
Four people dead in separate road accidents
इरानद्वारा डिएगो गार्सियामा क्षेप्यास्त्र प्रहारपछि किन आत्तियाे अमेरिका ?
सुरेन्द्र पाण्डेको टिप्पणी- कार्यशैली परिवर्तन नगरे अर्को चुनावपछि एमाले स्कुटरमा अट्ने बन्छ
नेपाल एयरलाइन्सको भ्रष्टाचार छानबिन गर्न समिति गठन
काठमाडौँको भोटेबहालमा बसको ठक्करबाट दुई भारतीय नागरिकको मृत्यु
अमेरिकाद्वारा इरानी तेल बिक्रीको लागि ३० दिनको अस्थायी अनुमति जारी
प्रतिक्रिया