झापाको चिया बगानमा भेटियो युवक-युवतीको शव
मेरोन्यूज
२०७९ माघ १० गते ११:०२

काठमाडौं । झापाको एभरेष्ट चिया बगानमा युवक युवती मृत फेला परेका छन् । सोमबार बिहान कचनकवल गाउँपालिका–४ केचनास्थित चिया बगानमा उनीहरू मृत फेला परेका झापाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक दुर्गा रेग्मीले जानकारी दिए ।
दुवै जना झुण्डिएको अवस्थामा मृत फेला परेर अहिलेसम्म अनय कुनै कारण्ढा नभई झुण्डिएरै मृत्यु भएको प्रारम्भिक अनुमान प्रहरीको रहेको घटनास्थलमा पुगेर फर्किएका एसपी रेग्मीले बताए ।
प्रहरीका अनुसार मृत भेटिनेमा २५ वर्षीय युवक राजेशकुमार गणेश र १९ वर्षीया युवती पवित्रा राजवंशी रहेका छन् ।
घटनाबारे अनुसन्धान सुरु गरिएको एसपी रेग्मीले बताए ।
सम्बन्धित
प्रतिक्रिया