आरआरआरकाे गीत नाटु–नाटु ओस्करका लागि मनोनित

सन् २०२३ को ओस्कार अवार्डका लागि अन्तिम नामावलीको घोषणा गरिएको छ । जसमा भारतीय फिल्म आरआरआरको नाटु–नाटु गीत उत्कृष्ट मौलिक गीतको विधामा ओस्कार अवार्डका लागि मनोनयनमा परेको छ । यो गीतलाई एमएम किरावानीले संगीत दिएका हुन् । हालै गोल्डेन ग्लोब अवार्डमा ‘नाटु–नाटु’ गीतले उत्कृष्ट गीतको अवार्ड जितेको थियो ।
ओस्कारको अन्तिम नामांकन २० विधामा घोषणा गरिएको छ, जसमा अवतारः द वे अफ वाटर र द टोपगन माभेरिकले उत्कृष्ट चलचित्रको विधामा मनोनयन पाएका छन्। त्यस्तै, इण्डियाज अल दैट ब्रीदस उत्कृष्ट डकुमेन्ट्रीका लागि र द एलिफ्यान्ट व्हिस्पर्स उत्कृष्ट डकुमेन्ट्री सर्टका लागि मनोनीत भएको छ।
फिल्ममा राम चरण जूनियर एनटीआर मुख्य भूमिकामा थिए, साथै अजय देवगन र आलिया भट्ट पनि मुख्य भूमिकामा थिए। फिल्मले विश्वभर १२ सय करोडको कलेक्सन गरेको थियो । यसले विदेशमा पनि निकै चर्चा पायो । यो फिल्म अमेरिका र जापानमा धेरै रुचाइएको थियो ।









नाइजेरियाको विद्यालयमा बन्दुकधारीद्वारा आक्रमण, ३१५ जना अपहरित
दुई थान पेस्तोलसहित एकजना पक्राउ
दुहबीको जुट मिलमा आगलागी
पार्टी एकताका विषयमा छलफल गर्न नेसपा बैठक सुरु
एनपिएलः विराटनगर किंग्सकाे लगातार दोस्रो जित
आज २०८२ साल मंसिर ४ गते बिहीबारको राशिफल
प्रधानमन्त्री कार्कीको नियुक्ति असंम्वैधानिक भन्दै एमाले अध्यक्ष ओलीले सर्वोच्चमा पठाए यस्तो जवाफ
एनपीएलमा लुम्बिनीको विजयी सुरुवात, बोपाराको अर्धशतकले जोगिएन चितवन
कस्ताे रहला आज देशभरको मौसम ?
आज २०८२ साल मंसिर ५ गते शुक्रबारको राशिफल
प्रतिक्रिया