आरआरआरकाे गीत नाटु–नाटु ओस्करका लागि मनोनित

सन् २०२३ को ओस्कार अवार्डका लागि अन्तिम नामावलीको घोषणा गरिएको छ । जसमा भारतीय फिल्म आरआरआरको नाटु–नाटु गीत उत्कृष्ट मौलिक गीतको विधामा ओस्कार अवार्डका लागि मनोनयनमा परेको छ । यो गीतलाई एमएम किरावानीले संगीत दिएका हुन् । हालै गोल्डेन ग्लोब अवार्डमा ‘नाटु–नाटु’ गीतले उत्कृष्ट गीतको अवार्ड जितेको थियो ।
ओस्कारको अन्तिम नामांकन २० विधामा घोषणा गरिएको छ, जसमा अवतारः द वे अफ वाटर र द टोपगन माभेरिकले उत्कृष्ट चलचित्रको विधामा मनोनयन पाएका छन्। त्यस्तै, इण्डियाज अल दैट ब्रीदस उत्कृष्ट डकुमेन्ट्रीका लागि र द एलिफ्यान्ट व्हिस्पर्स उत्कृष्ट डकुमेन्ट्री सर्टका लागि मनोनीत भएको छ।
फिल्ममा राम चरण जूनियर एनटीआर मुख्य भूमिकामा थिए, साथै अजय देवगन र आलिया भट्ट पनि मुख्य भूमिकामा थिए। फिल्मले विश्वभर १२ सय करोडको कलेक्सन गरेको थियो । यसले विदेशमा पनि निकै चर्चा पायो । यो फिल्म अमेरिका र जापानमा धेरै रुचाइएको थियो ।
















यस्तो छ आजका लागि कृषिउपजको मूल्य
स्रोत नखुलेको ६ लाखसहित दुई जना पक्राउ
टोखामा बिस्केट जात्रा अगामी वैशाख १ देखि ४ गतेसम्म मनाइने
यस्तो छ शनिबार विदेशी मुद्राको विनिमयदर
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण
वैदेशिक रोजगार उद्धार नेपाल काठमाडौँ संस्थाका सञ्चालक गोले पक्राउ
देउवाले भने- म र मेरो परिवारको सम्पत्तिबारे भ्रामक र झुटा प्रचारबाजी भयो
सार्वजनिक यातायातको भाडा बढ्यो, कुन रुटमा कति पुग्यो ? (सूचीसहित)
प्रतिक्रिया