काम नपाएपछि साउथ अभिनेता सुधीर वर्माले गरे आत्महत्या

साउथका चर्चित अभिनेता सुधीर वर्माले आत्महत्या गरेका छन् । प्रहरीका अनुसार माघ १० गते उनले विष खाएर आत्महत्या गर्ने प्रयास गरेका थिए । स्वास्थ्य बिग्रिएपछि उनले हैदराबादस्थित आफन्तको घरमा गएर विष सेवन गरेको बताएका थिए ।
त्यसयता हैदरावादको उस्मानिया अस्पतालमा उनको उपचार भइरहेको थियो तर उनलाई बचाउन सकिएन । रिपोर्टका अनुसार राम्रो काम नपाएका कारण सुधीर डिप्रेशनमा थिए ।
स्वास्थ्य बिग्रिएपछि उनलाई २१ जनवरीमा विशाखापट्टनमको एक निजी अस्पतालमा भर्ना गरिएको थियो। उनको उपचार त्यहीँ चलिरहेको थियो । उनको २३ जनवरीमा निधन भएको थियो । अभिनेता सुधाकर कोमकुलाले सामाजिक सञ्जालमा तस्विर शेयर गर्दै यो जानकारी दिएका हुन् । उनी ३३ वर्षका थिए ।
मिडिया रिपोर्टका अनुसार लामो समयदेखि राम्रो भूमिका र काम नपाएका कारण सुधीर डिप्रेसनमा थिए । जसका कारण उनले आत्महत्याजस्ता कदम उठाए । तर, यसको आधिकारिक कारण भने खुल्न सकेको छैन ।









बाबुराम र जनार्दनको एकतापछि आज प्रगतिशील लोकतान्त्रिक पार्टी घोषणा हुँदै
झापामा ट्याक्टरसँग ठोक्किएर मोटरसाइकल चालकको मृत्यु
नेत्रहीन महिला विश्वकप क्रिकेट : फाइनलमा आज नेपाल र भारत भिड्दै
तनहुँमा ८ हजार ३६६ मतदाता थपिए
आज आइतबारका लागि विदेशी मुद्राको विनिमयदर
एनपीएलमा लुम्बिनीको विजयी सुरुवात, बोपाराको अर्धशतकले जोगिएन चितवन
आज २०८२ साल मंसिर ५ गते शुक्रबारको राशिफल
चितवनविरुद्ध पहिला फिल्डिङ गर्दै लुम्बिनी
निर्माणाधिन संसद भवन समयमै सम्पन्न गर्न सभामुख घिमिरेको निर्देशन
फेरि सर्यो कांग्रेस केन्द्रीय समिति बैठक
प्रतिक्रिया