आज कुन मुद्रा कतिमा हुँदै छ किनबेच ?

काठमाडौ । बुधबार अमेरिकी डलरको भाउ बढेको छ। नेपाल राष्ट्र बैंकका अनुसार आज डलर एकको खरिददर १३० रुपैयाँ ४६ पैसा र बिक्रीदर १३१ रुपैयाँ ६ पैसा कायम गरिएको छ। अघिल्लो दिनको तुलनामा यसको मूल्य ५३ पैसा बढेको हो । यसअघि मंगलबार अमेरिकी डलर एकको खरिददर १२९ रुपैयाँ ९३ पैसा र बिक्रीदर १३० रुपैयाँ ५३ पैसा थियो ।
त्यस्तै, आज युरोपियन युरो एकको खरिदमा भने १४१ रुपैयाँ ७२ पैसा र बिक्रीमा १४२ रुपैयाँ ३७ पैसा पाइन्छ।
बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १६० रुपैयाँ ७९ पैसा र बिक्रीदर १६१ रुपैयाँ ५२ पैसा तोकिएको छ।
त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ९१ रुपैयाँ ५६ पैसा र बिक्रीमा ९१ रुपैयाँ ९८ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिदमा भने ९७ रुपैयाँ ५५ पैसा र बिक्रीमा ९८ रुपैयाँ कायम रहेको छ।
यस्तै, कतारी रियाल एकको खरिदमा ३५ रुपैयाँ ७० पैसा र बिक्रीमा ३५ रुपैयाँ ८७ पैसामा कारोबार भइरहेको छ।
राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३४ रुपैयाँ ६० पैसा र बिक्रीदर ३४ रुपैयाँ ७६ पैसा तोकेको छ।
युएई दिराम एकको खरिददर ३५ रुपैयाँ ५२ पैसा र बिक्रीमा ३५ रुपैयाँ ६८ पैसा तोकीएको छ । मलेसियन रिंगिट एकको खरिदमा बुधबार ३० रुपैयाँ ४४ पैसा र बिक्रीमा ३० रुपैयाँ ५८ पैसा पाइन्छ।
बुधबार कुवेती दिनार एकको खरिदमा ४२७ रुपैयाँ ३२ पैसा र बिक्रीमा ४२९ रुपैयाँ २८ पैसामा कारोबार भैरहेको छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३४६ रुपैयाँ ५ पैसा र बिक्रीदर ३४७ रुपैयाँ ६४ पैसा तोकिएको राष्ट्र बैंकको विवरणमा उल्लेख गरीएको छ।
















कांग्रेसले जिम्मेवार भएर प्रतिपक्षको भूमिका निर्वाह गर्छः सभापति थापा
इराकमा हवाई आक्रमण,हसद अल–शाबीका १५ जना लडाकु मारिए
ग्यास पाइपलाइन र भण्डारण पूर्वाधार निर्माणको प्रस्ताव भारतसमक्ष प्रस्तुत, प्रत्युत्तरको प्रतीक्षामा निगम
कांग्रेसको १५औँ महाधिवेशन भदौ २४ देखि २६ गतेसम्म गर्ने प्रस्ताव
लुम्बिनीमा सरसफाइ अध्ययन केन्द्र सञ्चालनमा
नेपाल एयरलाइन्सको भ्रष्टाचार छानबिन गर्न समिति गठन
इरानको धम्की : उर्जा क्षेत्रमा आक्रमण भए मध्य पूर्वका ऊर्जा र पानी केन्द्रमा जवाफी हमला
आजको मौसम पूर्वानुमान : यी प्रदेशमा मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना
सुरक्षा लापरबाही गर्ने खक्रौलास्थित सशस्त्रका गुल्मपतिसहित सबै कर्मचारी अनुसन्धानमा
निवर्तमान सभापति देउवा सिङ्गापुरबाट हङकङ प्रस्थान
प्रतिक्रिया