‘केपी ओली कप’ फुटबल प्रतियोगिता हुने
मेरोन्यूज
२०७९ माघ ११ गते १२:३७

काठमाडौं । ‘केपी ओली कप’ फुटबल प्रतियोगिता हुने भएको छ। आगामी फागुन ११ गतेदेखि १७ गतेसम्म युवा संघ नेपालको आयोजनामा फुटबल प्रतियोगिता हुन लागेको हो । प्रतियोगिता गर्न अखिल नेपाल फुटबल संघले (एन्फा) ले अनुमति दिएको छ ।
एन्फा महासचिव किरण राईले युवा संघले फुटबल प्रतियोगिता आयोजना गर्ने भनेर स्वीकृतिको लागि चिठी पठाएको र त्यो चिठी अनुरुप आफूहरूले प्रतियोगिताका लागि अनुमति दिइएको जानकारी दिए ।
युवा संघले प्रतियोगितामा ए डिभिजन क्लबका ८ वटा टिम सहभागी हुने तथा प्रतियोगिताका विजेतालाई १० लाख र उपविजेतालाई ५ लाख रुपैयाँ पुरस्कार दिइने जानकारी दिएको छ ।
प्रतियोगिताका खेलहरू सातदोबाटोस्थित एन्फा कम्प्लेक्स, च्यासल मैदान र एपिएफको खेल मैदानमा हुने छन् ।
सम्बन्धित
















प्रधानमन्त्रीको शपथअघि बालेनले ल्याए नयाँ गीत ‘जय महाकाली’
कर्मचारी सञ्चय कोष र राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबीच सेवा प्रयोग गर्ने सम्झौता
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
‘गाईको बारेमा लेख भन्दा गधाको निबन्ध लेखेजस्तो भयो जाँचबुझ आयोगको प्रतिवेदन’
युद्धबारे वार्तामा गम्भीर हुन इरानलाई ट्रम्पको सुझाव
बक्स अफिसमा तहल्का मच्चाउँदै धुरन्धर २, अहिलेसम्मकाे कमाइ कति ?
प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
ग्लोबल आइएमई बैंक र तिलगंगा आँखा प्रतिष्ठानबिच सहकार्य : मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गरिने
मिथिलामा आज अस्ताउँदो सूर्यलाई अर्घ दिँदै चैती छठ पर्व मनाइँदै
चैत १० गते मंगलबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रतिक्रिया