आथिया-राहुललाई विहेमा करोडौंको उपहार, क-कसले के दिए ?

अभिनेत्री आथिया शेट्टी र क्रिकेटर केएल राहुलले भर्खरै विवाह गरेका छन् । मिडिया रिपोर्टका अनुसार विवाहपछि याे नवविवाहित जोडीले साथीभाइ र आफन्तबाट निकै महँगो उपहार पाएका छन् । रिपोर्टका अनुसार सुनील शेट्टीले आफ्नी छोरी र ज्वाइँलाई मुम्बईमा ५० करोडको आलिशान अपार्टमेन्ट उपहार दिएका छन् ।
सुनील शेट्टीका नजिकका साथी सलमान खानले अथियालाई १.६४ करोडको अडी कार उपहार दिएका छन् । ज्याकी श्राफ र अर्जुन कपुरले पनि आथिया र राहुललाई महँगो उपहार दिएका छन् ।
मिडिया रिपोर्टका अनुसार आथियाका विशेष साथी तथा अभिनेता अर्जुन कपूरले उनलाई १.५ करोडको हीराको ब्रेसलेट दिएका छन् भने ज्याकी श्राफले आथियालाई ३० लाखको लग्जरी घडी उपहार दिएका छन् ।
राहुलका नजिकका साथी विराट कोहलीले उनलाई २.१७ करोडको बीएमडब्ल्यू कार उपहार दिएका छन् । योसँगै भारतका पूर्व कप्तान महेन्द्र सिंह धोनीले पनि राहुललाई ८० लाख रुपैयाँको कावासाकी निन्जा बाइक उपहार दिएका छन् ।
अथिया र राहुलको विवाह २३ जनवरीमा सुनील शेट्टीको खण्डाला फार्महाउसमा भएको थियो । यो विवाह निकै गोप्य राखिएको थियो । विवाहमा १०० जनालाई मात्र निम्तो दिइएको थियो ।









सुरु भयो क्षतिग्रस्त बीपी राजमार्गको पुनर्निर्माण
महेश बस्नेतमाथि विराटनगरमा आक्रमण प्रयास
व्यापार बढाउने माध्यम बन्यो एनपिएल
महिला फुटबल टोली इन्डोनेसिया प्रस्थान
राष्ट्र शान्तिको उद्देश्यसहित श्रीमद्भागवत महापुराण सप्ताह महायज्ञ सुरु
एनपीएलमा लुम्बिनीको विजयी सुरुवात, बोपाराको अर्धशतकले जोगिएन चितवन
आज २०८२ साल मंसिर ५ गते शुक्रबारको राशिफल
निर्माणाधिन संसद भवन समयमै सम्पन्न गर्न सभामुख घिमिरेको निर्देशन
चितवनविरुद्ध पहिला फिल्डिङ गर्दै लुम्बिनी
सुशीलाजी राणा शासनभन्दा कडा निस्किनु भाे : ओली
प्रतिक्रिया