दाेहाेराे अंकले घट्यो सेयर बजार, कारोबार रकम ३ अर्बमाथि

काठमाडौं। साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार दोहोरो अंकले घटेको छ । नेप्से परिसूचकमा १४.६८ अंकले ओरालो लागेर २१६८.५३ विन्दुमा आएर रोकिएको छ ।
२६७ कम्पनीको कारोबार हुँदा ८२ लाख ७६ हजार ७५१ कित्ता सेयर किनबेच भएको छ । यसैगरी ३ अर्बभन्दा बढी रकमको कारोबार भएको छ ।
आईएमई जनरल इन्स्योरेन्सको सर्वाधिक सेयर कारोबार भएको छ । यस कम्पनीको करिब १० करोडको सेयर बिक्री भएको छ। साथै, हिमालय ऊर्जा विकास कम्पनीको ९ करोडभन्दा बढीको सेयर कारोबार भएको छ ।
लुम्बीनी जनरल बिमा, बराही हाइड्रोपावर, इस्टर्न हाइड्रो पावर, आदर्श लघुवित्त बित्तीय संस्था र सूर्यज्योति लाईफ इन्स्योरेन्स कम्पनीको करिब १० प्रतिशतले मूल्य वृद्धि भएको छ ।
कुल ४८ कम्पनीमा उकलो लागेको छ भने १६१ कम्पनीमा ओरालो लागेको छ । साथै ४ कम्पनी भने स्थिर छ ।
आज १३ उपसूचकहरुमध्ये होटल तथा पर्यटन र लाइफ इन्स्योरेन्स बाहेक सबै कम्पनीमा ओरालो लागेको छ ।
















सुनको मूल्य घट्यो, चाँदीको बढ्यो, आज कतिमा काराेबार हुँदैछ ?
भैरहवामा महिलाको हत्या अभियोगमा किशोर पक्राउ
Four people dead in separate road accidents
चितवन राष्ट्रिय निकुञ्जमा तालिमप्राप्त कुकुर परिचालन
इरानद्वारा डिएगो गार्सियामा क्षेप्यास्त्र प्रहारपछि किन आत्तियाे अमेरिका ?
सुरेन्द्र पाण्डेको टिप्पणी- कार्यशैली परिवर्तन नगरे अर्को चुनावपछि एमाले स्कुटरमा अट्ने बन्छ
नेपाल एयरलाइन्सको भ्रष्टाचार छानबिन गर्न समिति गठन
अमेरिकाद्वारा इरानी तेल बिक्रीको लागि ३० दिनको अस्थायी अनुमति जारी
प्रतिक्रिया