इरान भूकम्पः तीन जनाको मृत्यु, आठसय बढी घाइते

इरानमा गएराति भएको ५.९ रिक्टर स्केलको भैँचालोमा परी तीन जनाको मृत्यु भएको छ भने आठ सय १६ जना घाइते भएका छन् ।
देशको उत्तरपश्चिम अजरबैजान प्रान्तको खोय शहरमा भूकम्प भएको र त्यसबाट ७०भन्दा बढी गाउँ प्रभावित भएका सरकारी समाचार समिति इर्नाले जनाएको छ । भूैँचालोबाट भएको क्षतिको पूर्ण विवरण प्राप्त भइनसकेको जनाउँदै इर्नाले क्षतिको मूल्याङ्कन भइरहेको बताएको छ ।
भूकम्प प्रभावित स्थलको स्थलगत निरीक्षणमा गृहमन्त्री अहमद बहिदी निस्कनुभएको छ । यही माघ चार गतेको भूकम्पमा परी इरानमा सयौँ घाइते भएका थिए । उक्त दिन ख्वे नजिक ५.८ म्याग्निच्युडको भूकम्प भएको थियो । सन् २०२० को फेब्रुवरीमा ५.७ म्याग्निच्युडको भूकम्प हुँदा पश्चिमी हबासेओल्यामा नौ जनाको मृत्यु भएको थियो ।
सन् १९९० मा ७.४ म्याग्निच्युडको भूकम्प हुँदा ४० हजारको ज्यान जानका साथै तीन लाख घाइते भएका थिएभने पाँच लाख जना घरबारबिहीन भएका थिए ।
















समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक
क्यानले नेपाल ‘ए’ टोलीले खेल्ने अन्तर्राष्ट्रिय शृङ्खलाको खेल तालिका सार्वजनिक
गहना पसलमा पेस्तोल ताक्दै लुटपाट गर्ने समूहका तीन जना पक्राउ
स्वास्थ्य मन्त्रालयका १९३ पदाधिकारी भए पदमुक्त
सरकार द्वारा राष्ट्रियस्तरका १२ ट्रेड युनियनको दर्ता खारेज
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फेरि राष्ट्रपतिसमक्ष पठाउने सरकारकाे निर्णय
तमिलनाडुका मुख्यमन्त्री बन्दै विजय थलापति !
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
भूमिहीन नागरिकहरूको पहिचान गरी दीगो समाधान गरिने : प्रधानमन्त्री शाह
प्रतिक्रिया